• Breaking News

    3.07.2017

    सप्तरी घटनाको विरोधमा नेपाल बन्दको आह्वान, सरकारलाई ७ दिने अल्टिमेटम


    काठमाडौं, २४ फागुन । मधेसी मोर्चासहितको संघीय गठबन्धनले सप्तरी घटनाको विरोधमा शुक्रबार नेपाल बन्दको आह्वान गरेको छ ।

    मंगलबार तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको गठबन्धनको बैठकले फागुन २६ गते जिल्ला सदरमुकामसहित काठमाडौंमा विरोध प्रदर्शन गर्ने निर्णय गर्दै शुक्रबार नेपाल बन्दको आह्वान गरेको हो ।

    गठबन्धनका संयोजक उपेन्द्र यादवका अनुसार बैठकले सप्तरी घटनाको छानविन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई ७ दिनको अल्टिमेटम दिएको छ ।

    यस्तै, सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र भोलि सरकारलाई बुझाउने निर्णय पनि बैठकमा भएको छ । गठबन्धनले क्षतिपूर्तिसहित मृतकलाई सहीद घोषणा र घाइतेलाई निःशुल्क उपचारको माग गरेको छ ।

    सरकार नरसंहारमा उत्रेको र एमालेले साम्प्रदायिकता निम्त्याउन खोजेको निष्कर्ष निकाल्दै बैठकले निर्वाचन फिर्ता लिन समेत सरकारसँग माग गरेको छ ।
    दैनिक नेपाल

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र