• Breaking News

    3.28.2017

    चिनियाँ प्रभावलाई ‘चेक’ गर्न भारतको ‘नयाँ अफर’ !


    काठमाडौं, चैत १५ – नेपालमा पछिल्लो समय चीनको प्रभाव बढिरहेको भन्दै भारत सशंकित बनिरहेको छ ।

    नेपालमा बढ्दो चिनियाँ प्रभावलाई चेक एण्ड ब्यालेन्स गर्न भारतले नयाँ अफर सारेको भारतीय मिडियाहरुले बताएका छन् ।

    टाइम्स अफ इन्डियामा प्रकाशित एक रिपोर्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ उज्जवला’ परियोजनाबाट उत्तर प्रदेशका जनताको मन जितेको भन्दै त्यस्तै ‘अफर’ नेपालसामु प्रस्तुत गरेको उल्लेख छ ।

    गरिब जनताको घरमा निःशुल्क ग्यास प्रदान गर्ने ‘ उज्जवला’ परियोजनाको तीव्र कार्यान्वयन गरी उत्तर प्रदेशका जनताको मन जितेको मोदी सरकारले त्यस्तै स्किम ल्याएर नेपालको मन जित्ने प्रयास गरेको छ,’ समाचारमा उल्लेख छ ।


    नेपालका आपूर्ती मन्त्री दिपक बोहोरासँगको भेटमा भारतीय मन्त्री धर्मेन्द्र प्रधानले नेपालले राखेको ग्यासको पाइपलाइन बनाउने प्रस्ताव स्वीकार गरेका छन् । करिब २०० करोड भारु लगातको उक्त परियोजनाबाट नेपालसम्म ग्यासको पाइपलाइन विस्तार गरिनेछ ।

    प्रधानको उज्जवला परियोजनाकै कारण युपीमा विजेपीको उदयको कारण मानिएको छ । ‘भारतको नयाँ राणनीति अब सीमा पारी नयाँ मुख्यमन्त्री योगीको प्रभाव बढाउनु र रोटी बेटी सम्बन्ध पुनः स्थापित गर्न हुनेछ,’ समाचारमा उल्लेख छ ।

    ‘भारत र नेपालबीच सन् १९७४ देखि पेट्रोलयम पदार्थको आपूर्तीको सम्झौता रहेको छ । नेपालमा पेट्रोलियम पदार्थको आपूर्ती भारतको लागि व्यवसाय होइन । यो हाम्रो जिम्मेवारी हो,’ मन्त्री प्रधानले आस्वस्त पार्न खोजेका थिए ।

    दुवै देशले पाँच वर्षका लागि पेट्रोलियम आपूर्ती गर्ने सम्झौता गरेको छ ।

    ‘यसले नयाँ दिल्लीले काठमाडौँमा चीनको बढदो प्रभावलाई काउन्टर गर्न खोजेको देखिएको छ,’ समाचारमा भनिएको छ, ‘नाकाबन्दीको क्रममा दुई देशबीच समस्या देखिएको र त्यही भएर नेपालले चीनसँग पेट्रोलियम पदार्थको सन्धी गरेको थियो ।’

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र