• Breaking News

    3.28.2017

    सिमा मिच्दै खनेको कुलो एसएसबीले पुर्‍यो

    चैत्र १५, २०७३- नेपाल-भारत छुटउने अन्तर्राष्ट्रिय सीमानामा पर्ने दशगजा मिचेर एसएसबीले खनेको कुलो स्थानीय प्रशासनको दबावमा पुरिएको छ । एसएसबीले नेपाली तर्फको करिब २५ मिटर सीमा अतिक्रमण गर्दे कलभटबाट कुलो खनेको थियो ।

    एसएसबीले पानी निकासका लागि खनेको जानकारी स्थानीय प्रशासनलाई दिएको थियो । बर्दिया मधुवन- ५ स्थित ७५ देखि ७७ बीचको सीमा स्तम्भ मिच्दै नेपाली भुभागमा एसएसबीको सहयोगमा भारतीय वनका कर्मचारीले खाडल खनेका हुन ।

    घटनाको जानकारी थाहा पाउना साथ सदरमुकाम गुलरियाबाट प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापा,सशस्त्र प्रहरी उपरिक्षक तारा पन्त लगायतका सुरक्षाकर्मी त्यस तर्फ गएका थिए । स्थानीय प्रहरी प्रशासनको दवावपछि एसएसबी र भारतीय वनकर्मीले खाडल पुरेको प्रजिअ थापाले बताए । भारतीय सुरक्षाकर्मीले करिब २५ मिटर खाडल स्काईभेटरबाट खनेका थिए ।

    दबावमा आएपछि उनिहरुले खाडल खन्न ल्याएको उक्त स्काईभेटरबाट खाडल पुरिएको थियो ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र