एजेन्सी । प्रेमले भूगोल, जात धर्म र रुप हेर्दैन भन्ने कुराको पछिल्लो उदाहरण भारतमा फेला परेको छ । जसका साक्षी बनेका छन् ७० वर्षे साधु र ५९ वर्षीया फिनल्याण्डकी तुलसी तारजा एनेली । भारतिय मिडियाका अनुसार अध्यात्मको खोजीमा फिनल्याण्डबाट भारत पुगेकी एनेलीको भेट खरगोन जिल्लाको कसराबादस्थित नर्मदा किनाराको एक आश्रम भयो ।
८ वर्ष उक्त आश्रममा रहँदा उनको मन ७० वर्षे साधुमाथि बस्यो । उनले ती साधुसँग विवाह गर्ने इच्छा व्यक्त गरिन् । दुबैको यसमा स्विकारोक्ति भयो । गत शनिबार दुबै वकिलसँग कोर्ट म्यारिज गर्नका लागि कलेक्ट्रेट पुगे ।
दुवैले बिहेको इच्छा देखाएपछि वकिलले उनीहरुको विवाहका लागि निवेदन दिने जानकारी दिएको र सम्भवत उनीहरुको बिहे हुने संभावना बढी रहेको छ । कानूनका अनुसार यदि कुनै समस्या नभए ३० दिनपछि दुबै विवाह बन्धनमा बाँधिने भारतिय मिडियाले जनाएका छन् । भिसाको म्याद आउँदो अप्रिल १७ मा सकिनै लाग्दा उनले बिहेको सुर कसेकी हुन् ।