१८ चैत, काठमाडौं । केन्द्रमा बढीमा १६ मन्त्रालय राख्न प्रस्ताव गरिएको छ । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ३१ मन्त्रालय छन् । सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित उच्चस्तरीय समितिमातहतको उपसमितिले केन्द्रमा रहने मन्त्रालयको प्रस्ताव गरेको हो ।
प्रस्तावित मन्त्रालय र मातहतका विभाग
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय :
मातहत रहने निकाय : नेपाल ट्रस्टको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, लगानी बोर्डको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय
२. अर्थ तथा योजना मन्त्रालय :
मातहत रहने निकाय : आन्तरिक राजस्व विभाग, भन्सार, महालेखा नियन्त्रकको कार्यालय, राजस्व अनुसन्धान विभाग, राजस्व प्रशासन तालिम केन्द्र, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राष्ट्रिय योजना आयोग
३. गृह मन्त्रालय :
मातहत रहने निकाय: अध्यागमन विभाग, कारागार व्यवस्था विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रहरी किताबखाना, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय परिचयपत्र व्यवस्था केन्द्र
४. परराष्ट्र मन्त्रालय:
मातहत रहने निकाय : कन्सुलर सेवा विभाग, राहदानी विभाग, अतिथि सत्कार विभाग, राजदूतावास र महावाणिज्य दूतावास
५. रक्षा मन्त्रालय :
मातहत रहने निकाय : नेपाली सेना जंगी अड्डा
६. कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय:
मातहत रहने निकाय : कानुन आयोग, न्यायसेवा तालिम केन्द्र, सर्वोच्च अदालत र अन्य अदालतहरू
७. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय:
गाभिने : उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय
मातहत रहने निकाय : खानी तथा भूगर्भ विभाग, वाणिज्य आपूर्ति, गुणस्तर तथा नापतौल विभाग
८. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय:
मातहतका निकाय : पर्यटन विभाग, पुरातत्व विभाग
९. सूचना तथा सञ्चार एवं विज्ञान तथा प्रविधि मन्त्रालय:
गाभिने मन्त्रालय : सूचना तथा सञ्चार मन्त्रालयमा विज्ञान तथा प्रविधि मन्त्रालय मर्ज हुने
मातहत रहने निकाय : प्रमाणीकरण नियन्त्रणको कार्यालय, मुद्रण विभाग, राष्ट्रिय सूचना आयोग, सूचना तथा प्रविधि विभाग, हुलाक सेवा विभाग
१०. जलस्रोत तथा ऊर्जा मन्त्रालय :
गाभिने : ऊर्जा मन्त्रालय र सिँचाइ मन्त्रालय मर्ज हुने
मातहत रहने निकाय : जल तथा ऊर्जा आयोग, विद्युत् विकास विभाग, सिँचाइ विभाग
११. स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्रालय :
गाभिने : स्वास्थ्य मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय मर्ज हुने
मातहतका निकाय : औषधि व्यवस्था विभाग, अस्पताल चिकित्सालय प्रयोगशाला, आयुर्वेद विभाग, स्वास्थ्य सेवा विभाग
१२. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय :
गाभिने : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय मर्ज हुने
मातहत निकायहरू : सडक तथा रेल विभाग, यान्त्रिक प्रयोगशाला, नागरिक उड्डयनसम्बन्धी कार्यहरू
१३. कृषि सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालय :
गाभिने : कृषि विकास मन्त्रालय, पशुपक्षी विकास मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालय मर्ज हुने
मातहत रहने निकायहरू : कृषि विभाग, नापी तथा भूव्यवस्थापन विभाग
१४. वन भूसंरक्षण तथा वातावरण मन्त्रालय :
गाभिने : वन तथा भूसंरक्षण मन्त्रालय र वातावरण मन्त्रालय मर्ज हुने
मातहतका निकायहरू : वन व्यवस्थापन विभाग, वातावरण तथा मौसम विज्ञान विभाग
१५. संघीय मामिला तथा समावेशी मन्त्रालय:
गाभिने : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय मर्ज हुने
मातहत रहने निकायहरू : केन्द्रीय पञ्जीकरण विभाग, महिला तथा बालबालिका विभाग
१६. शिक्षा तथा मानव संसाधन मन्त्रालय :
गाभिने : शिक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय श्रम तथा रोजगार मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय मर्ज हुने
मातहत रहने निकायहरू : परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास केन्द्र शैक्षिक जनशक्ति विकास केन्द्र, राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय युवा परिषद्, श्रम तथा वैदेशिक रोजगार विभाग
-अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।