• Breaking News

    3.30.2017

    काँग्रेस सभापति देउवालाई ज्योतिषले ‘ग्रहदशा’ बिग्रियो भनेपछि

    चैत । ग्रहदशा बिग्रेको भन्दै पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार पशुपतिनाथमा विशेष पूजाआजा गरेका छन् ।

    बिहीबार बिहान साँढे ९ बजे श्रीमती आरजु देउवाको साथमा पशुपतिनाथ पुगेका देउवाले करिब ४५ मिनेट लगाएर विशेष पूजापाठ गरेका हुन् ।

    देशको भावी प्रधानमन्त्रीको रुपमा हेरिएका देउवालाई निजी पुजारीले ग्रहदशा कटाउनुपर्ने सुझाव दिएका कारण पशुपतिमा विशेष पुजाआजा गरेको स्रोतले दैनिक नेपाललाई बतायो । पशुपतिनाथमा विशेष पुजा गरेपनि उनी गुहेश्वरीको दर्शनका लागि गएका थिए ।

    महाधिवेशनपछि पार्टीभित्र लगातार अप्ठेरो अबस्था सिर्जना भएको, राजदूत नियुक्ति तथा प्रहरीको प्रमुख नियुक्तिमा पनि सफल हुन नसकेको जस्ता कारण देउवाले आफ्नो ग्रहदशा बिग्रेको महसुस गरेका थिए । देउवा यसअघि गतबर्ष सभापति निर्वाचित हुनासाथ पनि पशुपतिमा विशेष पुजाका लागि पुगेका थिए । देउवा धर्मकर्ममा निकै विश्वास गर्ने नेता मानिन्छन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र