सिरहा, ११ चैत । जिल्ला अदालत सिरहाले पृथकतावादी अभियन्ता सीके राउतलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएका राउतमाथिको अनुसन्धानका लागि शुक्रबार अदालतले पाचौं म्याद थपको आदेश दिएको हो ।
स्वतन्त्र मधेसको पक्षमा गतिविधि गर्दै आएको आरोपमा धनुषाको जनकपुरमा पक्राउ गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउतलाई माघ २१ गते सिरहा जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख शेखर कोइरालाले राउतमाथि थप अनुसन्धान भइरहेको बताए ।