• Breaking News

    2.11.2017

    अमेरिकामा पक्राउ परेका आप्रवासी धमाधम देश निकाला हुँदै

    फागुन १ । अमेरिकी सरकारले बिभिन्न अपराधमा संलग्न भई एक बर्ष भन्दा बढि जेल सजाय पाएका अबैधानिक आप्रवासिहरुलाई देश निकाला कार्य सुरु गरेको छ ।


    बिहिवार देखि अमेरिकाका बिभिन्न सहरहरुमा कागज पत्र नभएका अपराधिक क्रियाकलापमा संलग्न आप्रवासिहरुलाई निवास वा काम गरिरहेको स्थलबाट पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् ।

    अमेरिकाको अध्यागमन तथा भंसार नियमन संस्था आईसिईका अधिकारीहरुले यो काम राष्ट्रिय सुरक्षाका लागि नियमित कायक्रम भएको प्रतिक्रिया दिएका छन्। उनिहरुका अनुसार यस्तो काम पहिलेका राष्ट्रपतिहरुको पालामा पनि भएको थियो ।

    आईसिई कि प्रवक्ता भर्जिनिया काइसले देशको कानुनलाई नियमित रुपमा कार्यान्वन गरि रहेको अवस्थालाई पत्रकार र अधिकारकर्मीहरुले अतिरञ्जित बनाएको, गलत समाचार प्रसारण गरि डर त्रासको स्थिति पैदा गरेको आरोप लगाएकी छन् ।

    हामिले नियमित कार्यक्रम अनुसार अपराधिक समुहका सदस्यहरु, बाल यौन दुराचारी, लागु औषध कारोबारमा संलग्न बिदेशी जो देश निकाला गरिनु पर्ने अभियुक्तहरु हुन, तिनिहरु माथिको कारबाहि अगाडी बढाएका हौ ।’

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र