• Breaking News

    2.13.2017

    प्रहरी मुख्यालयमा तनावपूर्ण पाँच घन्टा

    काठमाडौं, ३ फागुन । सोमबार दिउँसो साढे तीन बजे प्रहरी मुख्यालयमा महानिरीक्षक तथा एआईजीहरूको बिदाइ कार्यक्रम राखिएको थियो । कार्यक्रममा पत्रकारहरूलाई समेत खबर गरियो । तर, तीन बजे मुख्यलय पुगेका पत्रकारहरू चार घन्टा कुर्न बाध्य भए । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।

    पत्रकारको भन्दा ठूलो पीडा आइजीपीको बिदाइमा उपस्थित प्रहरीको थियो । किनकि कसलाई कमाण्ड दिएर आइजीपी बिदा हुने भन्ने कौतुहलता थियो । डिआइजीहरू जयबहादुर चन्द, प्रकाश अर्याल तथा बमबहादुर भण्डारी पाँच बजे समारोहमा पुगेका थिए ।

    तर, नवराज सिलवाल पगेका थिएनन् । करिब ६ बजे प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालकी श्रीमती रोसी अर्याल र सिलवाल श्रीमती सिर्जना सिलवाल पुगेपछि सबैका कान ठाडा भए ।

    दुबै जना गएर समारोहको अग्रपंक्तिको कुर्सीमा बसेपछि सबैले आँकलन गरे, सिलवाललाई नै कार्यबाहकको जिम्मेवारी दिएर अर्याल बिदा हुँदैछन् ।

    तर, सिर्जना बसेको करिब १० मिनेटमा नै कार्यक्रमस्थलबाट उठेर हिँडेपछि कार्यक्रममा अर्को रहस्य थपियो । जयबहादुर चन्द विभिन्न व्यक्तिलाई फोन गरेर सिलवाललाई निमित्त दिनबाट रोक्न प्रयासरत थिए ।

    आइजीपी मुख्यालयमा रहेका प्रहरी अधिकृतहरूमा झन तनाव बढ्दै गयो । कसलाई निमित्त दिने भन्ने निर्णय हुन नसक्दा कार्यक्रम शुरु हुन सकेको थिएन । अर्याल पनि त्यसबेलासम्म आइजीपी सचिवालयमा बसेर निर्णयको प्रतिक्षा गरिरहेका थिए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र