• Breaking News

    2.13.2017

    डीआइजी नवराज सिलवाल विरुद्ध सर्वोच्चमा रिट, यस्ताे छ अरोप

    मंगलबार, ३ फागुन, 
    काठमाडौं । वरियता क्रममा पहिलो स्थानमा भएर पनि प्रहरी प्रमुख बन्न नसकेका डिआईजी नवराज सिलवाल यतिबेला सर्वोच्चको शरणमा पुगेका छन् ।

    उनले प्रहरी नियमावली, २०७१ मा प्रहरी महानिरीक्षक पदमा बढुवाका लागि गरिएको ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता र आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यजस्ता बाध्यकारी मापदण्ड रहे पनि आईजीपीमा बढुवा गर्ने निर्णयमा यसको पालना नभएको दाबीसहित आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    तर उनै सिलवालका विरुद्ध पनि सर्वोच्चमा रिट परेको छ ।

    उनलाई पाँच सय प्रतिशत सम्म व्याज असुल गरेको र सो रकम उपलब्ध नगराउँदा प्रहरी संगठननको दुरुपयोग गरी झूटो आरोपमा फसाएको अाराेप लगाइएकाे छ ।

    चक्रवर्ती (मिटरब्याज) प्रकरणमा पीडित गुनबहादुर थापा (शम्भु) का छोरा सागरले सोमबार रिट दिएका हुन् । सिलवालले एसएसपी रहेका बेला पाँच सय प्रतिशतभन्दा बढी ब्याजमा आफ्ना बाबु शम्भुलाई ऋण दिएको र ब्याजसहित सबै रकम चुक्ता गरे पनि झूटो मुद्दा लगाएर फसाएको आरोप रिटमा छ । रिटमा सुनुवाइका लागि मंगलबारको पेसी तय भएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र