• Breaking News

    2.25.2017

    स्त्री भक्त रावणको नजरमा महिलाका ७ अवगुण


    जुन रावणले मन्दोदरीको व्यवहारको आधारमा भनेका थिए


    कल्की अवतार,

    काठमाडौं । मान्छेलाई कसैको गुण कसैको अवगुण लाग्न सक्छ । मनपरेको मान्छेको गुण मननपरेको मान्छेको लागि अवगुण हुनसक्छ । तर, जुनसुकै महिलादेखे पनि आकर्षित भईहाल्ने रावणले भने आफ्नी प्रिय स्त्री वा श्रीमती मन्दोदरीको आधारमा महिलाहरुको विशेषतः ८ अवगुणहरुको बारेमा बताएको कुरा राम चरित्र मानसनामक पुस्तकमा उल्लेख गरिएको छ । 

    जव सीताहरण गरिसकेपछि वानर सेनाहरु श्रीरामको नेतृत्वमा लंका गएका थिए । सो समयमा समुद्र पार गरी वानर सेना सहित आएका श्रीरामसँग युद्ध नगर्न र सीता फिर्ता गरी उनीहरुसँग क्षमा माग्न मन्दोदरीले रावणसँग आग्रह गरेकी थिईन् । सोही समयमा रावणले हँसिलो मुद्रामा अरु सबै राम्रो भएपनि स्त्रीहरुको ८ वटा चाहिँ अवगुण हुने भनेर भनेको थिए । त्यो उनले समग्र स्त्रीहरुको लागि भनेका हुन् । 

    १. माया रचना
    रावणका अनुसार स्त्रीहरुको सबैभन्दा ठूलो अवगुण भनेको नै आफूलाई कुनै कुरा हाँसिल गर्नुछ भने उनीहरुले पुरुष जातीलाई माया जालमा फसाएर आफ्नो स्वार्थ पूरा गरिहाल्छन् । जव स्त्रीको मायाँजालमा फस्छन् अनि पुरुषहरु स्त्रीमा वशिभूत हुन थाल्छन् । उदाहरण दिँदै मन्दोदरीलाई रावणले तिमीले पनि मलाई माया जालमा फसाएर रावणसँग युद्ध नगर्न भनेकी छ्यौ । 

    २. चञ्चलता
    स्त्रीहरुमा पुरुषको तुलनामा अत्यधिक चन्चलता र परिवर्तित विचार हुन्छ । जसका कारणले उनीहरु अधिकांश समयमा सहि विचार लिनको लागि असमर्थ हुन्छन् । उनीहरु तत्कालीन समयको लागि जायज जस्तो विचार सोच्छन् तर त्यो विचारले दीर्घकालको लागि फाईदा गर्दैन । त्यसैले यो पनि महिलाहरुको अवगुण हो । 

    ३. निर्दयीता 
    महिलाहरु एकदमै दयावान हुन्छन् । तर, एकपटक उनीहरुमा दया मरेपछि भने उनीहरुमा कहिलैपनि दया फर्किएर आउँदैन । एकदमै कठोर बन्नु र ऊ प्रति सधै निर्दयीता व्यक्त गर्नु पनि महिलाहरुको एउटा अवगुण हो । बेकामको साहस 

    ४. अनावश्यक साहस
    रावणका अनुसार महिलाहरुमा पुरुषको भन्दा पनि बढी साहस त हुन्छ । तर, उनीहरुले साहसलाई चाहिएको बेलामा प्रयोग गर्न सक्दैनन् । सानोतिनो र अनावश्यक ठाउँमा साहसिलो बन्ने र चाहिएको ठाउँमा साहस लुकाउने हुनाले महिलाहरुको साहसले काम गर्ने भन्दा पनि विगार्ने काम बढी गर्छ । त्यसैले यो पनि महिलाहरुको अवगुण मध्येको एक हो । 

    ५. चाहिएको बेलामा बढी डराउनु 
    महिलाहरु आफूभित्रको साहस चाहिएको बेलामा देखाउन सक्दैनन् र सानोतिनो व्यवधानहरुमा पनि एक्कासी डराउने गर्दछन् । उनीहरु आफू मात्रै डराउँदैनन् कि परेको बेलामा झनै अरुलाई समेत रोक्ने कोशिस गर्दछन् । यो महिलाहरुको पाँचौं अवगुण हो  

    ६. अविवेकी वा मुर्खता 
    महिलाहरुमा कहिलेकाहीँ अविवेकीपन आउँछ । उनीहरु अरुको राम्रो सुन्न सक्दैनन् र आफ्नो नराम्रो पनि खप्न सक्दैनन् । अनि उनीहरुको मुर्खतापूर्ण व्यवहार सुरु भईहाल्छ । यसरी अविवेकी र मूर्खता पनि महिलाहरुको छैटौं अवगुण हो । 

    ७. झुट बोल्नु 
    झट्ट हेर्दा महिलाहरु सत्यबोल्ने तथा पुरुषहरु झुट बोल्छन् भन्ने हुन्छ । तर रावणका अनुसार बाहिर जति सत्य देखिन्छ महिलाहरु भित्र त्यस्तै झुट बोल्ने गर्दछन् । यो पनि उनीहरुको अवगुण हो । 

    प्रस्तुत सामग्रीहरु धर्मशास्त्रमा उल्लेख गरिएकाे विषयलार्इ जस्ताकाे त्यस्तै प्रस्तुत मात्रै गरिएकाेले  कुनै जातिलार्इ हाेच्याउने र मानमर्दन गर्ने प्रयाेजनकाे लागि उल्लेख नगरिएकाे व्यहाेरा अवगत गरार्इन्छ ।
    hamrakura.com

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र