• Breaking News

    2.19.2017

    विहानको यौन सम्बन्ध शरीर स्फुर्त राख्न महत्वपुर्ण


    विराटनगर, ८ फागुन । मर्निङ वाक वा जगिङ गरे जस्तै विहानीको समयमा गरिने यौन सम्पर्कले पनि शरीरलाई दिनभरी स्फुर्त र ताजा राख्ने शोधकर्ताले बताएका छन् ।

    चर्चित यौन स्वास्थ्य सम्बन्धी पुस्तक ‘विकज आइ फिल गुड’ का लेखक डेब्बी हार्वेनिकले विहानको यौन सम्बन्ध रोगसँग लड्ने क्षमता वृद्धी गर्नका लागि समेत सहयोगी हुने बताएका छन् । उनले विहानै यौन सम्बन्ध राख्दा दिनभरी स्फुर्त भइने दावी गरे । हार्नेविकका अनुसार यौन सम्बन्धको समयमा पैदा हुने रसायन श्रावले शरीरमा एस्ट्रोजनको स्तर बढाउने र यसले हाम्रो त्वचा तथा कपाल स्वस्थ राख्न सघाउ पुग्ने समेत बताएका छन् । यौन सम्बन्धको समयमा इम्यूनोग्लोबुलिन ए (आईजी ए) को स्तर बढ्छ । जुन रोग प्रतिरोधात्मक रसायन हो । त्यस्तै यौन संसर्गको समयमा उत्पन्न हुने एस्ट्रोजन र टेस्टोस्टेरोनको मात्राले जवान दिखाउँछ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र