• Breaking News

    2.19.2017

    सीके राउतका कार्यकर्ताले प्रहरीबाट लुटेर लगेको हतियार भेटियो

    रुपन्देही, ८ फागुन । प्रहरी हिरासतमा रहेका पृथकतावादी अभियन्ता सीके राउतका कार्यकर्ताले लुटेको प्रहरीको हतियार पाँच घण्टापछि बेवारिसे अवस्थामा भेटिएको छ ।

    आइतबार दिउँसो राउतका कार्यकर्ताले रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकी वडवलियामा आक्रमण गरी प्रहरीको हतियार ‘एसएलआर र ग्यास गन’ लुटेका थिए ।

    दुई हतियारमध्ये एसएलआर मर्चवारको बगौली–६ मा बेवारिसे अवस्थामा भेटिएको अहो । ग्यास गन भने अझै भेटिएको छैन् । यसको खोजी भइरहेको रुपन्देहीका प्रहरी प्रवक्ता बेलबहादुर पाण्डले बताए ।

    प्रहरी चौकीमा सीके राउत समर्थक स्थानीयले ढुगांमुढा प्रहार गरेपछि मर्चवारमा भएको झडपमा परी तीन जना प्रहरी घाइते भएका थिए । स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको थियो ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र