काठमाडौं, १६ फागुन । माओवादीका कार्यकर्ताहरूको त्याग र वलिदान त दुई चार जना नेतृत्व, केही कार्यकर्ताहरूको सम्पत्ति आर्जन र विलासितामा पतन भएकोमा पूर्व सभासद एवम् प्रधानमन्त्री पुष्कपम दाहालका स्वकीय सचिव जोखबहादुर महरा सबैभन्दा चिन्तित बन्ने गरेको खबर छ ।
‘यो पार्टी र जिम्मेवारी छाडेर क्रान्तिमा लागौँ फुटेकाहरूबाट पनि भरपर्दो माओवादी पार्टी बनेन । विचार किरण इमान्दार हुन्, तर संगठन गर्न पटक्कै सकेनन्, विप्लवको पनि बेढंगे चाल छ । आफैले नेतृत्व गर्न सकिएन । के गर्ने हिजो हामीले बगाएको रगत र पसिना कसैको वर्गोत्थानमा बदलिएको छ’, महराको भनाइ उधृत गर्दै गोविन्द आचार्यले आजभोलि निकटका पत्रकारहरूसँग चिन्ता व्यक्त गरेको कुरा प्रेस सेन्टरका पत्रकारहरूले चर्चा गर्ने गरेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।
नारायण दाहाल प्रधानमन्त्री प्रचण्डको प्रशासनिक सल्लाहकार बनेर आएपछि सिंहदरबारमा प्रधानमन्त्री कार्यालयमा रहेका स्वकीय र निजी सचिवालयमा कार्यरत कसैको पनि काम छैन । सचिवहरू टंकमणि शर्मा, निदेश थपलियाको मात्र होइन प्रशासनिक क्षेत्र हेर्न लागिएका उपसचिव झकनाथ ढकालको पनि कुनै काम छैन ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चन्द्रप्रसाद खानल पनि कार्टुन बन्ने गरेको चर्चा आजभोलि पेरिसडाँडामा हुने गरेको खबर छ । सरुवा, बढुवादेखि नयाँ करार जागिरमा समेत नारायण दाहालले पैसा उठाउने गरेको आरोप पनि लाग्ने गरेको छ ।