• Breaking News

    2.26.2017

    ऋतिकलाई लाग्यो यस्तो रोग, उपचारको लागि गए जर्मनी

     १६ फागुन, 

    बलिउडका ह्यान्डसम अभिनेताको रुपमा चिनिने ऋतिक रोशन बिरामी भएका छन् । उनलाई धेरै नै तनाव भएको छ जसको कारणले उनी डिप्रेशन को शिकार भएका छन् ।

    तनाव कम गर्नको लागि उनले धेरै उपायहरु अपनाए तर त्यसले केही पनि फाइदा भएन त्यसपछि उनले आफ्नो सहि उपचारको लागि जर्मनी जाने फैसला गरेका हुन् ।

    खबरहरुका अनुसार पछिल्लो एक वर्षदेखी ऋतिक रोशन तनाव महसुस गरिरहेका थिए । तनावको कारणले नै उनी चिन्तित र उदाश देखिन थालेका थिए ।

    भनिन्छ कि कंगना कंगना रनावतसँग विवाद को कारणले उनी धेरै तनावमा थिए । यसैगरी पत्नी सुजैनसँग सम्बन्ध बिग्रिएर डिभोर्स नै भएपछि झनै ऋतिक धेरै नै चिन्तित थिए ।

    धेरै नै तनावको कारण डिप्रेशनको शिकार भएपछि उनी दुई हप्ताको लागि उपचार गर्न जर्मनी गएका हुन् जहाँ एक हेल्थ फार्ममा उनकाे उपचार भैरहेकाे छ । उनले आफ्नो मन भुलाउनको लागि केही समयदेखी आफ्नो पुर्व पत्नी र बच्चाहरु सँग भेटघाट पनि गरिरहेका थिए

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र