एजेन्सी, मुम्बई, माघ २७
भारतिय टेलिभिजन अभिनेत्री श्रुति उल्फत पक्राउ परेकी छन्। उनलाई भारतको वन विभागले पक्राउ गरेको हो।
कोब्रा सर्पसँगको एक भिडियो पोस्ट गरेपछि वन विभागले उनी सहित दुई प्रोडक्सन म्यानेजलाई गिर्फतार गरेको हो। उनीहरूलाई वन्यजन्तु कानुन अन्तरगत कारवाही गरिएको हो। यसरी वन्यजन्तुसँग तस्विर तथा भिडियो खिच्नु भारतमा गैरकानुनी छ।
उल्फतले थुप्रै टिभी सिरियल तथा बलिउड फिल्मका अभिनय गरेकी छन्।