• Breaking News

    2.09.2017

    भारतमा पक्राउ गरिएको पाकिस्तानी परेवा भागेपछि खैलाबैला

    एजन्सी, माघ २७

    भारतीय भूमिमा पक्राउ परेको एक पाकिस्तानी परेवा हिरासतबाट उम्किए पछि भारतीय सुरक्षाकर्मी चिन्तित भएका छन्।
    छिमेकी मुलुक पाकिस्तानबाट भारतीय भूमिमा जासुसी कार्यमा प्रयोग गरिएको भन्दै उक्त परेवालाई भारतीय सुरक्षाकर्मीले मंगलबार पक्राउ गरेका थिए। 
    त्यसपछि उक्त परेवालाई पंजावको श्रीनगर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो।
    भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसका अनुसार बन्दि बनाइएको उक्त परेवालाई त्यहाँका एक प्रहरीले उत्सुकता पुर्वक हेर्न पिंजडा खोल्ने बित्तिकै परेवा उम्किएको थियो।  त्यसपछि उक्त परेवा पाकिस्तान तर्फ नै उडेको थियो।
    परेवा भागेपछि प्रहरीले भारतीय जासुसी निकायलाई खबर गरेका थिए। उक्त परेवामा ‘जनबाज खान ५५४७’भन्ने ट्याग र एउटा फोन नम्बर भएको संचार माध्यमले बताएका छन्।
    पाकिस्तानले जासुसी प्रयोजनका लागि चराहरु भारत पठाउने गरेको भारतले आरोप लगाउने गरेको छ। विगतमा पनि भारतले त्यस्ता धेरै चराहरु पक्राउ गरेको थियो।
    setopati.com

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र