काठमाडौं, १२ फागुन । सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै तराईमा आन्दोलन थालेका मधेसवादी दल आज विहिबार काठमाडौंका महंगा होटलमा कार्यक्रम राखेर भारतीय राजदूतको विदाईमा लागेका छन् ।
यही फागुन १४ गतेबाट कार्यकाल पूरा गर्न लागेका राजदूत रञ्जीत रेको विदाई तथा सम्मानमा विहिबार राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले गजेन्द्रनारायण पब्लिक वेलफेयर फाउन्डेसनका नामबाट राजधानीको एलो प्यागोडा होटलमा एक विशेष कार्यक्रमको गरेको हो ।
यस्तै, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फागुन १४ गते शनिबार औपचारिक कार्यक्रम नै राखेर राजदूतको बिदाइ गर्न लागेको छ ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिदेखि बौद्धिक क्षेत्रबाट पनि प्रतिनिधि बोलाइएको सदभावना अध्यक्ष राजेन्द्र महताले बताए ।
कार्यकर्तालाई आन्दोलनमा उतारेर मोर्चाका नेताहरु भने भारतीय राजदूतको ‘सेवा’मा खटिएपछि आलोचना सुरु भएको छ ।
दैनिक नेपाल