एजेन्सी .क्रिस्टियानो रोनाल्डो जति राम्रा फुटबल हुन् त्यत्तिकै रोमाञ्चक पनि छन् । उनी जत्ती धेरै सुन्दरी घुमाउने सायदै अर्को खेलाडी छैन् । पछिल्ला १५ वर्षमा उनले विश्वका अति चर्चित र सुन्दरी मोडलसँग रोमान्स गरिसकेका छन् ।
समय मिल्नासाथ नयाँ सुन्दरीसँग मस्ती गर्ने रोनाल्डोलाई फुटबल स्टारसँगै प्लेवाइको संज्ञा समेत दिइन्छ । जे जे भए पनि फुटबलमा उनको आकर्षण घटेको छैन । फुटबलमा जस्तै आकर्षण सुन्दरीसँग उनको छ । पछिल्लो समय उनी जर्जिनासँग मस्तीमा छन् । सन् २०१६ देखि डेटिङमा रहेका यी जोडीले आफ्नो प्रेमलाई सन् २०१७ को जनवरी महिनामा सार्वजनिक गरेका थिए। तर, जर्जियालार्इ छोडेर कुन समय रोनाल्डो अर्की सुन्दरीको पछि लाग्ने हुन् यसै भन्न सकिन्न ।
रोनाल्डोले रोमान्स गरेका केही सुन्दरीको बारे जान्नका निम्ति यी नाम पढ्नुहोस् ।
फोर्चुगलकी यी सुन्दरी मोडलमात्र नभएर अभिनेत्री तथा प्रस्तोता समेत हुन् । मार्सेसँग रोनाल्डोको प्रेम फुटबलमा उनको नाम चल्न थालेका बेला सन् २००५ देखि ०६ देखि नै चलेको थियो । एन्डोराकी यी मोडल अहिले ३९ वर्षकी भएकी छिन् ।.
ब्राजिलियन मोडल करिनाको रोनाल्डोसँगको पहिलो भेट सन् २००७ मा अमेरिकाको मियामीमा भएको थियो । पोर्चुगलका खेलाडीहरूले छुट्टी मनाउने क्रममा भएको उक्त भेट केही समय प्रेममा परिणत भएर टुङ्गिएको थियो ।
रोनाल्डोले सन् २००८ मा नेरिडासँग प्रेमको सुरुवात गरेका थिए । ०८ मा नेरिडा १९ वर्षकी मात्र थिइन् । फेसबुकबाट भेट भएकी यी सुन्दरीले रोनाल्डोले आफूलाई ओछ्यानमा मात्र प्रेम गरेको आरोप लगाएकी थिइन । उनले रोनाल्डोभन्दा अघि अर्का एक फुटबलरसँग प्रेम गरेकी थिइन् ।
सुन्दरी नम्बर ४ किम कादरसिन

किम र रोनाल्डोले चुम्बन गरेको तस्बिर पापाराजी फोटोग्राफरहरूले खिचेपछि उनीहरूबीच प्रेम रहेको कुरा सार्वजनिक भएको थियो । सन् २०१० पछि यो प्रेमले निरन्तरता पाएन । अहिले दुबै आ–आफ्नै प्रेमी–प्रेमिकाका साथ रमाइरहेका हुँदा उनीहरूबीच कुनै सम्बन्ध नरहेको बताइन्छ ।
ब्राजिलियन मूलकी लुआना लामो समय लण्डन रहँदा रोनाल्डोसँग आत्मीय सम्बन्ध थियो । सन् २००९ मा उनीहरुको सम्बन्ध विवाहमा परिणत हुने आशा गरिए पनि पछि त्यो कुरा त्यत्तिकै तुहिएर गयो ।
बिकिनी फोटोसुटबाट चर्चामा आएकी राफेला सन् २००७ मा इटालीयन बिग ब्रदर्समा सहभागी भएपछि चर्चाको शिखरमा उक्लिएकी थिइन् । सन् २००८ मा २० वर्षको उमेरमा उनको रोनाल्डोसँग प्रेम भएको कुरा चर्चित थियो । उनीहरूबीच के कारणले ब्रेकअप भयो सार्वजनिक भएन तर राफेला आफ्नो कुमारित्व १० लाख युरोमा लिलाममा राखेपछि फेरि यसपटक चर्चामा आएकी थिइन् ।
क्रिष्टियानो रोनाल्डोको पछिल्लो प्रेम जर्जिनासँग छ । सन् २०१६ देखि डेटिङमा रहेका यी जोडीले आफ्नो प्रेमलाई सन् २०१७ को जनवरी महिनामा सार्वजनिक गरेका थिए ।
इरानमा जन्मिएर अमेरिकामा हुर्किएकी निकी पेसाले स्विमवेयर मोडल हुन् । सन् २००८ मा रोनाल्डो घुडाको शल्यक्रिया गरेर मैदान बाहिर रहँदा उनीहरूबीच प्रेम भएको थियो । निकीले रोनाल्डोसँग शारीरिक सम्बन्धसमेत रहेको बताएको कुरा त्यतिबेला निकै चर्चित भयो । त्यसताका रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट फुटबल खेल्थे ।
सन् १९९४ मा मिस इटालीमा तेस्रो स्थान प्राप्त गरेकी लेटिजा, रोनाल्डोले सन् २००८ मा आयोजना गरेको क्रुज पार्टीमा उनीहरूको पहिलो भेट भएको थियो ।
लस एन्जलसमा आयोजित एक पार्टीमा पेरिस र रोनाल्डोको पहिलो भेट भएको थियो । सन् २००९ मा उनीहरूबीच प्रेमको फूल फक्रिएको थियो । त्यही समयमा रोनाल्डो म्यानचेस्टर युनाइटेडवाट रियल म्याड्रिडमा स्थानान्तर भए ।
रुसी मोडल इरिना सायकसँग रोनाल्डोको प्रेम लामै समय चल्यो। रसियामा मोडलिङ गर्दा खासै चर्चामा नआए पनि इरिनाले पछि आफूलाई युरोप र अमेरिकामा सुपरमोडलका रूपमा स्थापित गरिन् । उनले आफ्नो अंग्रेजीमा सुधार ल्याइन् । रोनाल्डो सरोगेट आमाका तर्फबाट छोराको बाबु बन्दा पनि उनले कुनै प्रतिक्रिया जनाइनन् । उनीहरू सन् २०१० मा सम्बन्धमा रहेको बताइन्छ ।










