• Breaking News

    2.17.2017

    धिरेन शाक्यको अपूरो आर्मी यात्रा यसरी छोरीले पूरा गर्दै

     शनिबार, फाल्गुण ०७, 


    काठमाडौं। नेपाली सिनेमाका ह्याण्डसम हिरोका रुपमा चिनिने अभिनेता धिरेन शाक्यले सयभन्दा धेरै सिनेमामा काम गरेका छन् । उनले काम गरेका सिनेमा मध्ये क्रोध, जीवनदान, चिनो, सीमाना, देश परदेश, अजम्बरी माया, अर्जुन, ईन्साफ, जनम जनम लोकप्रिय बने । राम्रो अभिनयका साथै उनी फिटनेसका कारण पनि चर्चामा छन् । फिटनेसमा उनी यति धेरै जागरुक छन् कि उनले आफ्नै जिमखाना पनि खोलेका छन् । उनको जिमखाना जाउलाखेलमा छ ।

    जिममा उनी सकेसम्म धेरै समय बिताउँछन् । त्यस्तै उनका अन्य दुईवटा अफिस, एउटा होटेल र एउटा फिल्म प्रोडक्शन कम्पनी छन् । धिरेन कामबाट थकित भएर घर जाँदा उनको थकान मेटाउन गाह्रो हुँदैन । किनकी उनी छोरीहरु देख्नासाथ सबै दुःख र पीडा बिर्सन्छन् । उनी दुई छोरी जस्मिन र जुलियानाका अभिभावक हुन् । धिरेनलाई आफ्नी छोरीहरु भएपछि केही चाहिँदैन ।

    छोरीको जन्मान्तर १० वर्ष

    उनका दुई छोरीहरुको जन्मान्तरमा झण्डै १० वर्षको फरक छ । जुन सामान्यतया धेरै मानिन्छ । धिरेनकी जेठी छोरी जस्मिन अहिले प्लस टु सकाएर बसेकी छिन् भने उनकी कान्छी छोरी जुलियाना तीन कक्षामा अध्ययन गर्दै छिन् । उनी कान्छी छोरीलाई अफिसको कामहरु छोडेरै आफैले स्कुल पुर्याउने र ल्याउने काम गर्छन् । यस हिसाबले उनी आफैलाई एक असल पिता भएको महशुस गर्छन् ।

    आर्मी बन्न चाहन्छिन् छोरी

    धिरेनले हामीसँग कुराकानी गर्ने क्रममा छोरीहरुको लक्ष्यका बारेमा पनि बताएका छन् । उनकी जेठी छोरीलाई आर्मीमा धेरै रुची छ । हाल उनी आर्मी अफिसरको कोर्ष पनि गरिरहेकी छिन् । धिरेनको पारिवारिक पृष्ठभूमि आर्मी भएका कारण उनकी जेठी छोरीलाई आर्मी अफिसर हुन मन लागेको बुझिन्छ । धिरेनका बुवा भारतीय सेनामा कार्यरत थिए भने धिरेन पनि ब्रिटिश आर्मीमा थिए । तर धिरेनले बीचमै जागिर छाडेर सिनेमामा लागेका हुन् ।

    बुवा सिनेमामा भएको भएपनि उनका छोरीहरुको भने सिनेमामा खासै रुची छैन । तर जेठी छोरीको आर्मीका साथै संगीतमा पनि रुची छ । तर उनको मुख्य उद्देश्य भनेको गायिका नभएर आर्मी अफिसर बन्नु नै हो । उज्यालो अनलाइनबाट

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र