• Breaking News

    2.17.2017

    गृहमन्त्री निधिद्वारा प्रजातन्त्र दिवसको कार्यक्रम बहिष्कार

    काठमाडौं, ७ फागुन। उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले सरकारले मनाउने प्रजातन्त्र दिवसको कार्यक्रम बहिष्कार गरेका छन्।

    सरकारीस्तरबाट शनिबार विहानै राजधानीको टुडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवसको कार्यक्रममा पुगेका गृहमन्त्री निधि मंचमा पुगेर कर्मचारीहरुसँग केहीबरे सवाल जवाफ गरेका थिए।

    त्यसपछि गृहमन्त्री निधि सिधै मञ्चबाट निस्किएर हिँडेका थिए। उनलाई कर्मचारीले बस्न आग्रह गरेपनि गृहमन्त्री निधि कार्यक्रमस्थलबाट बाहिरिएका थिए।

    प्रजातन्त्र दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीलका कार्कीलगायत उच्चपदस्थ कर्मचारी उपस्थित छन्।

    संभवतः सरकारले आयोजना गरेको कार्यक्रममा सरकारका गृहमन्त्रीले नै कार्यक्रम बहिष्कार गरेको यो पहिलो पटक हो।

    गृहमन्त्रीले कार्यक्रम बहिष्कार गरेको विषयमा उनका प्रेस सल्लाहकार रामजी दाहालसँग बुझ्दा सो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। मैले पनि सम्पर्क गर्न खोजेको हो तर सम्पर्क हुन सकेको छैन,’ उनले भने।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र