काठमाडौं, फागुन १
नेपाल प्रहरीको २५ औं प्रहरी प्रमुखमा डिआइजी जय बहादुर चन्द नियूक्त भएका छन्। आइतबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले वरिष्ठताक्रम मिच्दै चन्दलाई नयाँ प्रहरी प्रमूखमा नियूक्त गरेको जानकारी सरकारका प्रवक्ता एवम् संचारमन्त्री राम कार्कीले दिएका हुन्।।
वरिष्ठताक्रममा चन्द नवराज सिलवाल तथा प्रकाश अर्याल पछि तेस्रो नम्बरमा थिए। चन्दले हाल लागू औषध ब्यूरो प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्। उनी १४ महिना नेपाल प्रहरी प्रमुखका रूपमा रहनेछन्।
चन्द वि सं २०४४ सालमा प्रहरी निरिक्षक (इन्सेपेक्टर) पदबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्। उनी अनुसन्धानमा दख्खल राख्छन्। गृहमन्त्री बिमलेन्द्र निधिले काग्रेस सभापति शेरबहादुर देउवाको दवाबमा चन्दलाई आइजिपीका लागि सिफारिस गरेका हुन्। निधि भने सिलवालको पक्षमा थिए।
त्यस्तै मन्त्रीपरिशदले सशस्त्र प्रहरी बलको प्रमुखमा डिआइजी सिहं बहादुर श्रेष्ठलाई नियूक्त गर्ने निर्णय गरेको छ।
via : setopati.com