काठमाडौं,२ फागुन । करिब ४ अर्ब रुपैंया ठगी गरेर अमेरिका पुगेका एक नेपालीलाई अमेरिकाले डिपोर्ट गर्ने भएको छ ।
क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी ठगी काण्डका मुख्य आरोपित तथा योजनाकार पवनकुमार कार्कीलाई अमेरिकाको संघीय प्रहरीले नेपाल पठाउन लागेको हो । उनी नेपाल प्रहरीको ‘रेड कर्नर नोटिस’ मा थिए ।
उनले करिब चार अर्ब रुपैयाँ रकम हिनामिना गरेको नेपाल राष्ट्रबैंकले बुझाएको रिपोर्टमा उल्लेख छ । कम्पनीको ठगी प्रकरणमा संलग्न अन्य अधिकारी पक्राउ परे लगत्तै उनी भागेर अमेरिका पुगेका थिए । अमेरिकाको टेक्सासमा कार्कीले व्यवसाय सञ्चालन गरेर बसेको र उतैको नागरिकता लिएको अनुसन्धानमा खुलेको थियो ।
दैनिक नेपाल