• Breaking News

    2.19.2017

    श्रीमानले कुटेरै मारे श्रीमती : तिन नाबालक सन्तानकाे हरिबिजाेक

    उदयपुर,८ फागुन / उदयपुरमा श्रीमानको कुटाईबाट घाइते भएकी श्रीमतिको मृत्यु भएको छ । गत पुस १ गते भलायडाँडा ३ बस्ने २५ वर्षिय जीवन मोतेले लागुपर्दाथ सेवन गरी आफ्नै श्रीमतिलाई दाउराको चिरपटले प्रहार गर्दा टाउकोमा गम्भिर चोट लागेकी श्रीमति सरिता मोतेको मृत्यु भएको छ ।गाँजाले लठ्ठिएका श्रीमान जीवनले दाउरो प्रहार गर्दा गम्भिर घाईते बनेकी सरिताको दुई महिना ६ दिनपछि गए शुक्रबार राती मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् ।

    गाँजा सेवन गरी लठ्ठिएर छोरा जीवनले बुहारीको टाउकोमा दाउरा प्रहार गर्दा घाईते बनेकी बुहारीको उपचार सम्भव नभएर घरमै ल्याएपछि मृत्यु भएको जीवनका बुवा होमबहादुर मोतेले बताए । ‘एक कठ्ठा जग्गामा भएको घर ३ लाखमा बेचेर बुहारीको उपचार गरे,’ होमबहादुरले भने, ‘भए भरको सबै सम्पति सकेर चन्दा उठाउँदाएर उपचार गराउँदा समेत बुहारी बचाँउ सकिन, अव कानुनी कारवाहीको माग गर्दछु ।’



    श्रीमानको कुटाईबाट घाईते भएकी सरिताको होस नआई मृत्यु भएको हो । सुरुमा बिराटनगरको लाईफगार्ड अस्पताल भर्ना आईसियुमा भर्ना गरिएकोमा पछि रिफर भई नोवेल मेडिकल कलेजको आईस्युमा राखेर उपचार भैरहेको थियो । आर्थिक अवस्था कमजोर भएको मोते परिवारलाई सरिताको उपचारको लागि डेनमार्क लगायतबाट करिव २ लाख १५ हजार सहयोग जुटेको पंचावती गाविसका स्थानीय समाजसेवी बोधकुमार घिमिरले बताए ।



    जीवनलाई प्रहरीले पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ । ५ वर्ष अगाडी विवाह भएकी सरिताको ३ वटा सन्तान छन् । सरिताको सबै भन्दा सानो छोरा ५ महिनाको रहेको छ । आमाको मृत्यु भएपछि ५ महिने नावालक सहित २ सन्तानको विचल्नी भएको छ । बाबुलाई कर्तव्य ज्यान मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाकारी दिएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र