• Breaking News

    2.22.2017

    प्रेमीकाले जोसँग पनि सुत्न पाउने, प्रेमीले नपाउने यो कस्तो सम्झौता

    बुधवार - फाल्गुण ११, 
    एजेन्सी। प्रेम एउटा पवित्र चिज हो । प्रेम सम्वन्धमा रहनेहरु एक-अर्काप्रति पूर्ण निष्ठावान रहने विश्वास रहन्छ । तर यो जोडीको कथा अर्कै छ ।

    बेलायतका २७ वषिर्य एडम गिल्लेट र २२ वषिर्या बिट्राइस गिब्स तीन वर्षदेखि प्रेम सम्वन्धमा छन् । उनीहरुको प्रेम सम्वन्ध एउटा अनौठो सम्झौतामा टिकेको छ । सम्झौता के हो भने, प्रेमिकाले बाहिर जोसुकै केटासँग जहिलेसुकै सेक्स गर्न पाउने तर, प्रेमीले अरु कुनै केटीसँग हिमचिम बढाउन नपाउने । दुवैले यो सम्झौताको पालना गरिरहेका छन् र दुवै जना खुशी छन् ।


    एडम र बिट्राइसको भेट २०१४ को फेबु्रअरीमा अक्सफोर्डको एउटा पबमा भएको थियो । भेट भएकै रात उनीहरुले ओछ्यान तताए । त्यसपछि २०१५ को अपि्रलमा मात्र उनीहरुको भेट भयो र डेट सुरु गरे ।

    बिट्राइसले एडमसँगको सम्वन्धमा आफू इमान्दार रहन सक्दिन भनेर पहिल्यै सम्वन्ध तोड्ने प्रस्ताव गरेकी थिइन् ।

    उनी भन्छिन्, ‘म उनको पिठ्यूपछाडि अरु कसैसँग संसर्ग गरेर उनको चित्त दुखाउन चाहन्नथेँ । त्यसैले मैले एडमसँग छुट्टनिे प्रस्ताव राखेकी थिएँ ।’

    तर एडमले उनलाई छोड्न तयार भएनन् । बरु उनले यो साथ नतोड्नका लागि ‘आत्मघाति’ जुक्ति रचे । उनले प्रेमिकालाई भने, ‘ल ठिक छ । तिमी मन लागेको बेला जोसुकैसँग गएर सुत्न सक्छेउ । खाली कोसित र कहिले गरेको भनेर मलाई जानकारी दिने गर ।’

    बिट्राइस पनि मञ्जुर भइन् । यसरी १८ महिना अगाडि गरेको यो सम्झौतामा उनीहरु दुवै अडिएका छन् ।

    यो सम्झौताबाट आफूहरुबीचको सम्वन्धमा रोमाञ्चकता पनि थपिएको बिट्राइसको अनुभूति छ । तर एडमले अरु केटीहरुसँग सुत्ने छुट पाएका छैनन् । एडम अरुसँग लागेमा आफूले पचाउन नसक्ने बिट्राइस बताउँछिन् ।

    के बिट्राइसलाई यस्तो असमान सम्झौताप्रति अलिकति आत्मग्लानी होला त ?

    ‘बिलकुल छैन,’ उनले भनिन्, ‘अरुसँग रात बिताएपछि भोलिपल्ट बिहान अलिकति नराम्रो त लाग्छ तर एडमलाई यसको जानकारी दिइसकेपछि म निश्चिन्त हुन्छु ।’

    एडम के सोचिरहेका छन् त ?

    ‘उनले अन्यत्र रमाइलो गर्दा मलाई खुशी नै लाग्छ,’ एडम भन्छन्, ‘म आफू चाहिँ अरु केटीहरुसँग जान इच्छुक पनि छैन र गएको उनले मन पनि पराउँदिनन् ।’

    बिट्राइसले यो सम्झौताबारेमा आफूले कसैलाई थाहा नदिएको बताइन् भने एडमले आफ्ना नजिकका साथीहरुलाई यसबारे थाहा भएको उल्लेख गरे ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र