• Breaking News

    1.11.2017

    यी ६ संकेत देखिए गइहाल्नुस् डाक्टरकोमा, ब्रेन ट्युमर हुनसक्छ

    बुधबार, पौष २७, 
    ब्रेन ट्युमर एक ज्यान लिने रोग हो, तर यसको समयमै उपचार भएमा निको पनि हुनसक्छ । ब्रेन ट्युमरका केही यस्ता लक्षणका बारेमा थाहा पाउनुहोस् ।

    टाउको दुख्नु – त्यसो त टाउको दुख्नु सामान्य कुरा हो, तर एकोहोरो असह्य दुख्नु खतराको संकेत हुन सक्छ । यस्तो दुखाईलाई वेवास्ता नगर्नुहोस ।

    शरीरको असन्तुलन – यदि तपाईलाई आफ्नो शरीर थाम्न वा सन्तुलनमा राख्न गाह्रो महशुस हुन्छ भने यसप्रति गम्भिर हुनुहोस् । किनकि, ट्युमरले शरीरको कोषहरुलाई नराम्ररी असर पार्दै लान्छ, जसका कारण व्यक्ति हिडिरहेको समयमा लडखडाउँछ ।

    स्मरणशक्ति कमजोर – स्मरणशक्ति कमजोर हुनु पनि ब्रेन ट्युमरको लक्षण हो । यदि तपाई धेरै नै भूल्न थाल्नुभयो भने, केही सचेत रहनुहोस् कि ब्रेन ट्युमर हुनसक्छ ।

    स्वाभावमा परिवर्तन – स्वभावमा परिवर्तन हुनु, बोल्न, सुन्न र हेर्न कठिनाई महशुस हनु पनि ब्रेन ट्युमरको लक्षण हो ।

    वजन बढ्नु – अस्वभाविक रुपले वजन बढ्नु

    गला अवरुद्ध हुनु – गला अवरुद्ध हुनु पनि ब्रेन ट्युमरका लक्षण हुनसक्छ ।

    ब्रेन ट्युमरको उपचार किमोथेरापी, रेडिएशन थेरापी, सर्जरी वा अन्य थुप्रै तरिका अपनाउन सकिन्छ । त्यसैले समयमै रोगको पहिचान गर्न सक्नुपर्छ । माथीका लक्षण देखिए तत्काल डाक्टरको सल्लाह लिनुपर्छ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र