• Breaking News

    1.11.2017

    सपनामा देखेपछि ३० वर्षसम्म एउटै नम्बरको चिठ्ठा, अन्तत: जितिन ३९ लाख डलर

    बुधबार, पौष २७,
    एजेन्सी। हालै, क्यानडाकी एक महिलाले ३९ लाख डलर लट्रीमा जितिन् । क्यानडाको ‘नोवा स्कोटिया’मा बस्दै आएकी ओलगा बेनोले उक्त रकम लट्री अर्थात् चिठ्ठामा जितेकी हुन् रमाइलो कुरा के छ भने, यी महिलाले सपनामा एउटा नम्बर देखिन्, जुन नम्बरमा उनले लगातार ३० बर्षसम्म चिठ्ठा काटिरहिन् । अन्ततः ३० बर्षपछि लट्री जितेकी छिन् ।

    ओलगा एक क्यान्सर पिडित हुन् । जितेको राशिले उनलाई निकै राहत बनेर आएको छ । उपचारका क्रममा उनले आफ्नो घरसमेत बेचेकी थिइन् । अब यो पैसाले उनी एउटा राम्रो घर किन्ने भएकी छिन् ।

    जुन नम्बरमा उनले लट्री काटेकी थिइन्, सोही नम्बरमा लट्री परेको कुरा ओलगाले टेलिभिजनमा देखिन्, तर उनलाई पत्यार लागेन । भोलिपल्ट अखबारमा पनि त्यही समाचार देखेपछि छक्क परिन् ।

    ओगलासहित अन्य दुई व्यक्तिले २८ डिसेम्बरमा भएको ड्रमा ५३ लाख क्यानेडियन डलर जितेका छन् । १० बर्षअघि डक्टरले उनलाई क्यान्सर भएको बताएका थिए, उपचारका क्रममा घर बेचिन् । क्यान्सरसँग लड्न उनका पति, सन्ता र नाता–नातिनीले निकै मद्दत गरे । लट्रीको पैसाले सबैलाई घुमाउने रहर रहेको ओगलाले बताएकी छिन्।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र