एजेन्सी
एजेन्सी । संसारमा उनलाई एक अद्भुत व्यक्तिका रुपमा लिइन्छ । ९२ वर्षे मोहम्मद बेल्लो अबुबकरले अहिलेसम्म १०७ जनालाई आफ्नो श्रीमती बनाइसकेका छन् । नाइजेरियाका यही बहुविवाहवाला मोहम्मदको १८५ सन्तान भइसके । अझै पनि अचम्मको कुरा के छ भने उनी अझै पनि अर्को बिहेको तयारीमा छन् ।
उनी भन्छन्, ‘म अझै मरेको छैन । जिउदो रहुन्जेल म बिहे गरिरहन्छु । उनले बिहे गरेकामध्ये १० जनाले भने उनलाई छाडेर गइसकेका छन् । आफुसँग ९७ श्रीमतीमात्र साथमा रहेको उनले बताए । बाहुविवाह गरेको भन्दै कतिपय अधिकारकर्मीले अबुबकरसँग कुराकानी गर्न खोज्दा उनले झगडा गरेका कतिपय घटनाहरु पनि बाहिर आएका छन् ।
अबुबकरलाई मन नपराउनेहरुले भने बेलाबेला उनको मृत्यु भएको अफवाह फैलाइदिने रहेछ । त्यसपछि उनले पत्रकार सम्मेलन नै गर्दोरहेछ ।