• Breaking News

    1.04.2017

    २०१६ मा सर्वाधिक रुचाइएको तस्बिरहरु


    १. न्युयोर्कस्तिथ हमबर्गमा हिउँले ढाकेको कारको तस्बिर यसवर्ष सर्वाधिक मनपराइएको भ्वाइसअफ अमेरिका न्युज अनलाइनले जनाएको छ । यो रोयटर्सका फोटोपत्रकारले जनवरी १२, २०१६ मा लिएको तस्विर हो ।
    २. सिंगापुरमा फेब्रुअरी १६ मा भएको हवाई प्रदर्शनमा दक्षिण कोरियाको ब्ल्याक इगल एरोबेटिक टिम उडान भर्दै । यो तस्विर एएफपीका फोटोपत्रकारले लिएको हो ।

    ३. अप्रिल ९ मा भएको लामो कपाल मेलामा चीनको गुन्जी जुहाङ प्रान्तको एक गाउँमा आफ्नो कपाल प्रदर्शन गर्दै महिलाहरु ।

    ४. भारतको उज्जैनमा भएको सिमहस्था कुम्भ मेलामा मे ११ का दिन काँडामाथि सुत्दै एक साधु ।

    ५. इटालीको फ्लोरेन्समा भासिएको कारहरुको छेउमा उभिएका एक अग्नि नियन्त्रक ।

    ६. क्यालिफोर्नियाको पोट्रेरो जंगलमा जुन २० मा भएको आगलागीबाट बच्न भाग्दै इमु चरा ।

    ७. भारतको अलाहवादमा गंगा नदीमा बाढी आएपछि बिजुली मिलाउन पोलमा चढ्दै युवाहरु ।

    ८. चीनको सन्छी प्रान्तमा रहेको साल्ट लेकमा देखिएको फरकपन । यो सेप्टेम्बर २५ मा लिइएको तस्विर हो ।

    ९. स्पेनमा अक्टोबर २ मा आयोजित ह्युमन टावर मेलामा सहभागीहरु ।

    १०. अक्टोबर ६ मा क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा युएस नेभी ब्लु एन्जलस नम्बर ५ र नम्बर ६ र सिन टकर नजिकनजिक उडान भर्दै ।
    www.everesttimesnews.com

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र