• Breaking News

    1.15.2017

    विमानस्थलमा गोली चल्यो! मलेसिया र दिल्लीबाट आएका जहाज फर्किए, उडान प्रभावित

    धावनमार्गमा कुकुरको हुल देखिएपछि खैलाबैला



    काठमाडौं, २ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो सुरक्षाकर्मीले गोली चलाउनुपरेको छ ।विमानस्थलको धावनमार्गमा एकैपटक तीन वटा कुकुर आइपुगेपछि मलेसियाबाट आएको एयर एसियाको जहाजले अवतरण गर्न पाएन् भने दिल्लीबाट आएका जहाज पनि फर्किए । र, कुकुरलाई हटाउन विमानस्थलका सुरक्षाकर्मीले गोली चलाउनुपर्यो ।

    विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार धावनमार्गमा कुकुर देखिएपछि केहीबेर उडान समेत प्रभावित बन्न पुग्यो । अवतरण गर्नै लागेको एयर एसियाको जहाजलाई विमानस्थल टावरले नो ल्याण्डिङ भन्दै खतराको सूचना दिएपछि कोटेश्वरको आकासमाथि आइपुगेर ‘ओभरसुट’ गर्यो । कुकुरकै कारण दिल्लीबाट आएका एयर इन्डिया तथा जेट एयरवेजको जहाजको पनि उडान प्रभावित भयो ।

    अन्ततः कुकुर हटाउन विमानस्थलका सुरक्षाकर्मीले हतियार चलाउनुपर्यो । र, गोली हानेर कुकुरहरु मारियो । अहिले विमानस्थल सुचारू भइसकेको र उडान अवतरण नियमित भएको प्रवक्ता ठाकुरले जानकारी दिए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र