श्रीमान श्रीमतीको झगडा परालको आगो भन्ने उखान त हामी सबैले सुनैकै कुरा हो । हुन पनि हो श्रीमान श्रीमतीको स–सानो कुरामा झगडा पर्छ र एकै छिन पछि मिलिहाल्छन् पनि । झगडापछि हदै भए उनीहरु केही दिनसम्म बोल्दैनन् । साह्रै भै धेरै नै ठूलो झगडा भयो भने उनीहरु अलग हुन्छन् । तर, जापानको मानिस भने श्रीमतीसँग २० वर्ष सम्म सँगै बसेर पनि कहिल्यै दोहोरो कुराकानी गरेनन् ।
यी मानिस हुन्, दक्षिणी जापानका नारा निवासी ओतोउ कातायामा । उनी श्रीमतीसँग सानो कुरामा रिसाएका थिए त्यसैको कारणले उनले श्रीमती युमी सँग २० वर्षसम्म कहिलेकाँही टाउको हल्लाउनु बाहेक एक शब्द पनि निकालेनन् । अचम्म त के छ भने उनी यो २० वर्षको समय आफ्ना तीन सन्तान र श्रीमती युमीसँग सँगै एउटै घरमा बसे ।
यो जापानी दम्पतीको मौनताको रहस्य उनीहरुका १८ वर्षका छोरा योसिकीले एक टिभी कार्यक्रमलाई पत्र लेखेर यो समस्या समाधान गर्न अनुरोध गरेपछि मात्रै खुलेको
हो ।
त्यसपछि टिभीको प्रयासमा यी दुईबिच भेट गराइयो र त्यहाँ उनीहरुले पहिलो डेट गरे । त्यसक्रममा बल्ल ओतोउले आफ्नो श्रीमतीसँग बोल्दै भने, ‘कुनै किसिमले हामी कुरा नगरेको धेरै भएको त छैन् । तिमी बच्चाहरुको बारेमा धेरै चिन्तित भयौ ।’
‘युमी आजसम्म तिमीले धेरै दुःख सह्यौ, म तिमीलाई यी सबैको लागि धेरै धन्यवाद दिन चाहान्छु ।’ ओतोउले यती भनिसकेपछि युमीले पनि आफु उनीप्रति कृतज्ञ भएको बताएकी थिइन् ।
उनीहरु बिचको दोहोरो संवाद उनीहरुका तीन सन्तानहरुले नजिकै बसेर भावुक हुँदै हेरिरहेका थिए ।
ओतोउले पछि आफु किन दुखी भएको भनेर खुलाएका छन् । उनले बताएका छन् कि उनी युमीले उनलाई भन्दा धेरै माया र हेरविचार छोराछोरीलाई गरेकाले उनी रिसाएका थिए ।
उनले भनेका छन्, ‘म एकप्रकारले ईष्र्यालु भएको थिए र त्यसैले तिमीसँग रिसाए । अब हामीले पछाडि फर्केर हेर्नु हुदैँन् ।’
nepalipatra.com