• Breaking News

    1.18.2017

    एमालेलाई साथ दिएपछि यी सांसद पार्टीबाट निष्काशित

    काठमाडौं, ६ माघ । नेपाः राष्ट्रिय पार्टीले आफ्ना सांसद लक्ष्मण राजवंशीलाई पार्टीबाट निष्काशन गरेको छ ।

    नेपाः पार्टीका महासचिव डा.विजयप्रकाश सैँजुले प्रेस विज्ञप्ति जारी गरेर मानार्थ सदस्य तथा सांसद राजवंशीलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको जनाएका हुन् ।

    राजवंशीले एमालेको राष्ट्रियताको अडानमा समर्थन गर्दै आएका छन् । उनले संशोधन प्रस्तावलाई राष्ट्रघाती समेत बताउने गरेका छन् ।

    ‘संसदमा टेबुल गरिएको संविधान संशोधन प्रस्तावका सम्बन्धमा पार्टीबाट लिखित रुप मै दिइएको निर्देशनलाई अवज्ञा गरी नेवाः प्रदेश तथा पहिचानवादी आन्दोलनका विरोधी गठबन्धनमा आवद्ध भई पहिचान विरोध गतिविधिहरूमा संलग्न भएर पार्टीको नीति, उद्देश्य र सिद्धान्त विपरित कार्य गरेकाले पार्टीको केन्द्रीय समितिको बैठकले उहाँलाई निष्काशान गर्ने सर्वसम्मत निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र