• Breaking News

    1.19.2017

    चीनमा बन्यो ठूलो भूकम्पबारे पहिल्यै जानकारी दिने स्याटेलाइट

    काठमाडौं, ६ माघ । चीनले यसै वर्ष इलेक्ट्रोमेग्नेटिक डाटा संकलन गर्नका लागि एक सेटेलाइट लञ्च गर्न गइरहेको छ । जसले भूकम्पको पूर्वानुमान गर्नेछ । चीनका अधिकारहरुका अनुसार यो सेटेलाइटलाई में महिनापछि लञ्च गरिने छ ।

    यो सेटलाइटको प्रयोग चीन र उसको आसपासको इलाकामा भूकम्पको बास्तविक पत्ता लगाउनका लागि गरिने छ । चीन पहलो पटक भूकम्पको बास्तविक समय पत्ता लगाउनका लागि कुनै ठाउँमा सेटेलाइट पठाउने छ ।

    यो मिसनका डेपुटी चीफ शेन शुईका अनुसार यस सेटेलाइटलाई आगामी पाँच वषको भूकम्पीय विद्युतीय अवस्था पत्ता लगाउने गरि डिजाइन गरिएको छ । यसले धेरै क्षमताको भूकम्पबारे पहिले नै जानकारी दिनेछ ।

    शेन शुईले सेटलाइटको लन्च गरिसकेपछि बैज्ञानिकले भूकम्पको पूर्वानुमान गर्ने प्रविधिको विकास गर्न कोशिस गर्ने बताए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र