बुधबार, पुस २०, २०७३
राणाहरुको दृष्टान्त पेश गर्दै ज्ञानेन्द्र शाहले ‘राजा’ को रुपमा नारायणहिटीबाट बहिर्गमनपूर्व आफ्नो वंशले पहिरिएको श्रीपेच साथमा लैजाने इच्छा व्यक्त गरेका थिए। तर,तत्कालिन सरकारले उनको इच्छा पूरा नरेको मात्र हैन,अहिले ज्ञानेन्द्रलाई लैजान नदिएको त्यही श्रीपेचको कथा सुन्यो भने इतिहास र सम्पदालाई माया गर्नेहरु धु्रु–धुुरु रुने गर्छन ।
शाहवंशीय श्रीपेचलाई बुुलेटप्रुफ सिसाभित्र हालेर प्रदर्शन गर्ने गरी ०६९ सालमै एउटा प्रतिवेदन पेश भएको थियो । राजदरबारबाट ‘दरबार संग्रहालय’ मा परिणत भएपछि संस्कृति मन्त्रालयका सहसचिव नारायण रेग्मीसहित त्यहाँका प्रमुुखको रुपमा काम गरेका लेखबहादुृर कार्कीहरुले तत्कालिन सचिव सुुशील घिमिरेसमक्ष पेश गरेको प्रतिवेदनअनुुसार सार्वजनिक प्रदर्शनीको व्यवस्था मिलाउनुुको सट्टा चरमा लापरवाही गरिँदा श्रीपेच हेर्नै नहुने हालतमा पुुगेको हो । ०६९ भदौमा रुपन्देही र सुुर्खेत कक्षमा झ्यालको पुुराना सिसा विस्थापित गरी बुुलेटप्रुुफ सिसा जडान गरेर श्रीपेच राखिएको थियो । तर,अहिले त्यो त्यहींको सैलुनमा छ । ज्ञानेन्द्रले दरबार छोड्नासाथ सेनाको एउटा टुकडीले पहरा दिएर श्रीपेच सुरक्षित राखेको थियो । सैनिक पहरा त अहिले पनि छ,तर सेनाका तीन जवानमात्र खटिएका छन् । उक्त श्रीपेृचमा सात सय ५० वटा हीराका टुक्रा छन् । टायरामा दुुई हजार सात सय टुक्रा छन् ।
श्रीपेचको पछिल्लोतिर झुण्डिने कल्की बर्ड अफ प्याराडाइज नामको चराको पुुच्छर हो । जुन संसारमै दुुर्लभ चरा हो । कल्कीबाहेकका भागमा हीरा,मोति,मणिक,नवरत्न सुन जडित छन् । श्रीपेचलाई एक विशेष किसिमको तेल लगाएर नियमित सफा गरेन भने चमक घट्नै जान्छ । सरकारले त्यसको सरसफाईको प्रवन्ध मिलाउन सकेको छैन । आजको जनआस्था साप्ताहिकमा खबर छ ।