• Breaking News

    1.11.2017

    श्रीमान वैदेशिक रोजगारीमा जाँदा अर्कैसँग प्रेम बसेपछि…

    रौतहट, २८ पुस । रौतहटमा आफ्नै पतिको हत्या गरेको अभियोगमा पत्नीसहित अर्का एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

    करुनिया गाविस–२ का ३२ वर्षीय अभिनन्दन साहको हत्यामाथि प्रहरीले अनुसन्धान गर्दा मृतककी पत्नी शकुन्तला देवी र सोही गाउँका पप्पु भन्ने मनिषकुमार सुमनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

    गत २२ पुसमा मृतक साहको शव सोही गाविस–६ स्थित कमदेही खोलासँग जोडिएको सिसौको घारीमा रहेकोे कुलोमा भेटिएको थियो । मृतक साह विदेशमा रहँदा बस्दा पत्नी शकुन्तलाको प्रेम सुमनसँग भएको र उनीहरुको सम्वन्धमा वाधा पर्ने भएकाले साहको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    मृतकले प्रयोग गर्ने मोबाइल, घटनामा प्रयोग भएका रड र चक्कुसमेत अभियुक्त मनिषकुमार सुमनको घरबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र