• Breaking News

    1.15.2017

    जापानमा अनौठो लिंग पर्व (फोटो फिचरसहित)


    एजेन्सी
    माघ २ ।
    विश्वमा संस्कृति तथा परम्परा विचित्रका हुन्छन् । तिनै विचित्र परम्परामध्ये जापानमा बर्सेनि मनाइने लिंग पर्व पनि एउटा मान्न सकिन्छ । उक्त लिंग पर्वमा स्टिलबाट बनेको बडेमाको कृत्रिम लिंग खटमा राखेर सहर परिक्रमा गराउने मेलामा हजारौं मानिस सहभागी हुन्छन् ।
    जापानको कावासाकीमा मनाइने यो लिंग पर्वको नाम हो, शिन्टो कानामारा मात्सुरी । यो पर्वमा कावासाकी सहर लिंगमय हुन्छ । लिंग आकारका लगाउने चिजदेखि खानेकुरासम्म सहरभरि पाइन्छन् । मानिस लिंगाकारको ललिपप चुसिरहेका हुन्छन् ।
    सहरका सडकहरूमा यत्रतत्र प्लास्टिकका गुलाबी लिंगहरू पनि ठड्याइएको हुन्छ । र, महिलाहरूले गुलाबी लिंग बोक्छन् । त्यस्तै, युवायुवतीहरू लिंगको नजिक पुगेर सेल्फी लिइरहेका हुन्छन् ।
    कानायाको मन्दिरमा सन् १९७७ देखि यो पर्व सुरु भएको हो । यो पर्वमा पुरुष यौनांग तथा प्रजनन क्षमताको उत्सव मनाइन्छ र पुरुषत्व वृद्धिको कामना गरिन्छ ।
    यो पर्व १७औं शताब्दीका किम्वदन्तीहरूमा आधारित रहेको मानिन्छ । लिंग पर्व मनाइने कानायामा मन्दिर यौनकर्मीहरूको पवित्र थलो पनि हो, जहाँ गएर यौनकर्मीहरूले पूजा गर्छन् । र, आफूलाई यौनरोग नलागोस् भनी प्रार्थना गर्छन् । साथै, यो ठाउँ समलिंगी तथा तेस्रो लिंगीहरूका लागि पनि निकै लोकप्रिय ठाउँ बनेको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र