• Breaking News

    1.11.2017

    यसरी घुर्ने समस्याको आयुर्वेदिक उपचार गर्न सकिन्छ

    हामीलाई थाहा भएको कुरा नै हो । हामी गहिरो निद्रामा भएको बेला केहि कुरा पनि थाहा हुदैन । यस्तो निद्राको समयमा एकदम आनन्दको अनुभुत हुने गर्दछ, त्यसैले पनि हामी आफैले आफु घुर्ने वा नघुर्ने थाहा पाउँन  सक्दैनौँ ।

    जब तपाईको नजिक सुतेको साथी घुर्न थाल्छ तपाईलाई बडो समस्या पर्छ। यस्तो अवस्थामासंगै सुत्ने तपाईको निद्रा नराम्रोसँग बिग्रिन्छ । यसलाई अंग्रेजीमा ‘Snoring’ भनिन्छ भने चिकित्साको भाषामा ‘Sleep Apnea’ पनि भनेर चिन्ने गरिन्छ । यो यस्तो बिमारी हो जसले घुर्ने व्यक्तिलाई लज्जित पर्छ भने सँगै सुत्ने व्यक्तिको निध खल्बल्याईदिन्छ । यद्यपि, यो एक सामान्य समस्या हो । दुनियाँ भरका लगभग हरेक ५ जना मानिस मध्ये १ जना मानिस यो समस्याबाट  ग्रसित हुने कुरा थुप्रै अनुसन्धानबाट पनि प्रमाणित भएको छ । अनुमानको हिसाबले विश्वमा लगभग ४५% पुरुष र ३०%महिलामा घुर्ने समस्या रहेको पाईन्छ ।


    हम्मी घुर्ने समस्याकै कारणले गर्दा समाजमा केहि मानिसहरु मजाकको पत्र पनि बनिरहेका छौँ । घुर्ने बेला राम्रोसँग सास फेर्न गाह्रो पनि हुने गर्छ १० सेकेण्ड सम्म सास लिन नपाउदा अक्सिजनको राम्रोसँग संचालन हुन पाउँदैन, यस्तो अवस्थामा  निद्राबाट उठ्दा कमजोरी ,छटपटी ,सुस्तपन हुने पनि हुन्छ।

    त्यसोभए घुर्नुका कारण के के हुन् त !

    १. मोटोपन
    २. उच्चरक्तचाप
    ३. नशा रोग
    ४. नाकको दुखाई
    ५. घाँटीको दुखाई
    ६. वृद्धावस्था

    अब तपाईको घुर्ने समस्या छ, भने  चिन्ता गर्नु पर्दैन् किनभने तपाईहरुलाई स्थाई समाधानका टिप्सहरु हामि तपाईलाई दिदै छौँ । 

    आवश्यक सामाग्री

    १.स्याउ
    २ गाजर
    ३.ताजा अदुवा
    ४.एक चोथाई कागती

    माथि उल्लेख भएका सामग्रीहरुलाई पिसेर जुस बनाउने अनि राति सुत्नु भन्दा दुई तिन घण्टा अगाडी पिएर सुत्ने, यसो गर्दा तपाईको घुर्ने समस्याबाट सदाको लागि छुटकारा पाउनु हुन्छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र