• Breaking News

    12.29.2016

    भ्रष्टचारीलाई हेलिकोप्टरबाट खसाल्छु : फिलिपिनी राष्ट्रपति

    एजेन्सी मनिला, पुस १४ 
    फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले देशका भ्रष्ट अधिकारीहरुलाई हेलिकोप्टरबाट खसालेर मार्ने बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुतेर्तेले आफूले यस्तो काम यसअघि पनि गरिसकेको भन्दै भ्रष्टहरुलाई हेलिकोप्टरबाट खसाल्ने बताएका हुन्। कामारिनस सुर प्रान्तको तागालोगमा एक भीडलाई सम्बोधन गर्दै दुतेर्तेले भने - म भ्रष्टाचारीलाई हेलिकप्टरमा हालेर यहाँबाट मनिला लिन्छु र बीचैमा हेलिकप्टरबाट बाहिर खसाल्छु । मैले यस्तो काम यसअगाडि पनि गरेको छु, मैले दोहोर्याउँदिन भन्ने के छ?
    डावाकोको मेयर हुँदा एक अपहरणकारीलाई उडिरहेको विमानबाट उनले फालेका थिए। छ महिनाअघि फिलिपिन्सको राष्ट्रपतिमा निर्वाचित भएका दुतुर्ते बेलाबेलामा  विवादास्पद अभिव्यक्तिका कारण चर्चामा अाइरहन्छन्।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र