• Breaking News

    12.31.2016

    छोरा विदेशमा, बुहारी ससुराको यौन शोषणमा

    १७ पुस, काठमाडौं । छोरो रोजगारीको लागि पञ्जाब गएको समयमा आफ्नै बुहारीलाई यौन शोषण गर्दै आएका ससुरालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ। 

    एकडारा बेलाका ४८ बर्षीय ससुराले २१ बर्षीय बुहारीलाई एक महिनादेखि यौन शोषण गर्दै आएको आरोपमा उनलाई पक्राउ गरिएको एसपी नलप्रसाद उपाध्यायले जानकारी दिए।

    ‘पीडित बुहारीले दिएको उजुरीको आधारमा उनका ससुरा पक्राउ परेका हुन्,’ एसपी उपाध्यायले भने, ‘आफ्ना ससुराले एक महिनादेखि यौन शोषण गरेको र पुस ४ गते राति १० बजेको समयमा जबर्जस्ती करणी गरेको ती महिलाले हामी कहाँ उजुरी दर्ता गराइन्।’

    पीडित महिलाका श्रीमान् ६ वर्षदेखि रोगजारीको क्रममा भारतको पञ्जाबमा छन्। पक्राउ परेका पीडकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। आजको अन्नपूर्ण दैनिकमा खबर छापिएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र