• Breaking News

    12.31.2016

    कमल थापा र गच्छदार सरकारमा जाने

    काठमाडौं, पुस १७
     संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई समेटेर प्रधानमन्त्री दाहालले  मन्त्रिपरिषद विस्तार गर्न लागेको खबर आजको नेपाल समाचार पत्रमा बीपी साहले पहिलो पृष्टमा लेखेका छन्।
     थपाले उपप्रधानमन्त्रीसहित शक्ति सन्तुलन गर्ने खालको मन्त्रालयको माग गरेका छन् भने गच्छदार पनि उपप्रधानमन्त्रीसहित  सरकारमा जान तयार भएका छन्।
     ‘म अहिले धनगढीमा छु। अनौपचारिक रूपमा कुरा भए पनि औपचारिक रूपमा कुरा भएको छैन,’ थापाले भने,‘पार्टीमा यसबारे कुरा गर्न बाँकी छ।
     गच्छदारले सरकारको आलोचना गर्न थालेपछि  पछिल्लो पटक प्रधानमन्त्रीसँग गच्छदारको मन्त्रालयको विषयमा बार्गेनिङ भइसकेको स्रोतको भनाई छ।  संविधान संशोधन गराउने विषयमा गच्छदारलाई सरकारमा ल्याउने विषयमा मधेसी मोर्चाले सकारात्मक सर्मथन गरेको छ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र