• Breaking News

    12.31.2016

    प्रचण्ड हटे भारतलाई उल्टै खतरा

    १६ पुस, काठमाडौँ।

    भारतीय आँखाबाट हेर्दा प्रचण्ड नेतृत्व वर्तमान सरकार भारतीय रुचीमा काम गर्न असमर्थ रहँदै आएको छ। त्यसैमाथि प्रचण्डले फास्टट्रयाक आफै बनाउने घोषणा गराइदिए। प्रचण्डकै पालामा नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णय भएको छ। प्रतिपक्ष दलको दबाबका कारण पनि प्रचण्ड बेला बेलामा ‘राष्ट्रवादी’ काम गरेर देखाउन बाध्य छन्। उनको यही बाध्यताले उनी कहाँ सम्म पुग्लान भन्ने कुराको चिन्ता पनि भारतलाई होला।

    तर स्रोतहरुका अनुसार बेखुसीका बाबजुत भारत प्रचण्डको विकल्प खोज्ने पक्षमा देखिएको छैन्। अरु विकल्प झनै प्रतिकुल खतरा महसुस गरेरै भारत यथास्थितीमा रहन रुचाएको जानकारहरु बताउँछन्।

    कांग्रेस र माओवादी पार्टीको गठबन्धन सरकारको काम गराइप्रति नागरिक तहमा ‘मिक्स्ड रियाक्सन’ छ। उर्जा मन्त्री जनार्दन शर्माका काम प्रति जनमानसमा सकारात्मक छाप छ। लोडशेडिङमा भएको करिब ‘चमत्कार’ले सरकारको छवि पुरै धुमिल छैन्। शक्तिशाली प्रतिपक्ष एमालेको जोडका बाबजुत सरकार ढगमगाएको पनि छैन्। तर सरकार समस्यामा छ, केही अड्किएको छ, जेलिएको छ अनि बाटो पहिल्याउन संघर्षरत छ।

    प्रचण्ड र देउवाबीचको समझदारी अनुसार अबका केहि महिनामा शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् । मात्र ९ महिनाका लागि प्रधानमन्त्री बनेका प्रचण्डले सहजै सत्ता हस्तान्तरण नगर्ने भन्ने संभावना देखिएको छैन्। यतिचाँडै यो गठबन्धन भत्काउन पक्षमा प्रचण्ड नरहन सक्दछन्।

    भारतले भने प्रचण्ड नेतृत्वकै सरकार केही लामो समय चाहेको कुटनैतिक वृतमा चर्चा छ। कारण के हो भने शेरबहादुर देउवा प्रधानमन्त्री भएका दिन देखी नै माओवादी केन्द्र एमाले लाइनमा जाने खतरा भारतले देखेको छ।

    देउवा प्रधानमन्त्री भएपछि फेरी पनि दुइ कम्युनिष्ट पार्टीबीच सहकार्य भए के गर्ने भन्ने चिन्ता साउथ ब्लकमा रहेको बताइन्छ। प्रधानमन्त्री बन्ने मौका नभएको भए सायदै माओवादी केन्द्र र कांग्रेस पार्टीबीच सहकार्य र साझेदार हुनेथियो। ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदा प्रचण्ड नजिकका नेताहरु उनिसंग क्रुद्द भएका थिए। प्रचण्ड प्रधानमन्त्रीबाट हटेका दिन सोही समुह पार्टीभित्र फेरी हावी हुने संभावना छ।

    भारत नेपालमा चीनको भुमिका थप नबढोस भन्ने चाहन्छ भन्ने कुनै लुकेको विषय होइन। तर लगातार भारत जे चाहिरहेको छैन् त्यही नेपाल भइरहेको भन्नेमा पनि भारतमा द्विधामा नरहेको बताइन्छ ।

    चाँडो चाँडो नेपालमा भइरहेको परिवर्तनको ‘कोप’ गर्न शक्तिशाली रअ पनि बेला बेलामा अलमलमा पर्ने गरेको छ। मधेशी दलहरुमाथि सहानुभति राखेर मात्र नेपालमा चीनलाई रोक्न सकिन्न भन्ने जानेको भारतले अब के गर्ने मै अल्झिएको देखिएको छ । तर भारत वातावरण थप प्रतिकुल हुन नदिन भने दत्तचित्त छ। स्थिती सपार्न नसके बिग्रन पनि नदिने रणनीतिमा प्रचण्ड सरकार अझै केही समय भारतका लागि अनकुल हुन सक्छ।

    नेपालीहेडलाइन्समा यसबारे लेखिएको छ, दुइ कम्युनिष्टलाई अलगै पार्दा अनुकल हुने बुझेको भारत त्यस्तो विपरित माहौल सृजना होस् भन्ने पटक्कै चाहन्न। भारतको बुझाइमा कम्युनिष्टहरु चीनसंग नजिक हुन्छन् भन्नै हो, भारतलाई राम्ररी बुझेकाहरु बताउँछन।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र