• Breaking News

    12.31.2016

    नयाँ वर्ष मनाउन जम्मा भएकाहरुमाथी स्तानबुलमा बन्दुक अाक्रमण, ३५ को मृत्यु

    एजेन्सी

    स्तानबुलको नाइटक्लवमा बन्दुकधारीले गरेको आक्रमणमा ३५ को मृत्यु भएको छ। नयाँ वर्ष मनाउन जम्मा भएका सयौँ ब्यक्तिहरुकाबिच भएको आक्रमणमा ३५ को मृत्यु तथा ४० घाइते भएको समाचार सँस्था रोयटर्सले बताएको छ।
    आक्रमण कारीले रियान नाइटक्लबमा प्रवेश गरेलगत्तै प्रहरी अधिकारीमाथी आक्रमण गरेका थिए। सो लगत्तै क्लबमा नयाँ वर्ष मनाउन आएकाहरुमाथी अन्धाधुन्ध आक्रमण गरिएको बताइएको छ।  स्थानिय समाचार माध्यमहरुले बताए अनुसार आक्रमणकारीहरुको उपस्थिती हुन सक्ने बताएका छन्। स्तानवुलका गर्वनर वासिप साहिनले संचारकर्मीहरुसँग बताए अनुसार ‘आक्रमण कारीहरुलाई सख्या केहि हुन सक्ने’ बताएका छन्।
    गएको जुलाइमा भएको आक्रमणको घाउ साम्य हुन नपाउँदै स्तानबुलमा गरिएको आक्रमणमा स्लामिक स्टेटको संलग्नता हुन सक्ने बताइएको छ। नयाँ वर्ष मनाउन जम्मा भएका करिव ५ देखि ६ सयजना नयाँ वर्ष मनाइरहेका थिए। रातको करिव १ बजे भएको उक्त आक्रमणमा कम्तीमा २ जनाको संलग्नता रहेको बताइएको छ।

    via :setopati.com

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र