• Breaking News

    12.22.2016

    बालुवाटारमा नारायणकाजीमाथि झण्डै…

    काठमाडौं, ८ पुस । मधेसी मोर्चाका एकजना नेताले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको सातो लिएका छन् । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सातो लिँदा श्रेष्ठ डरले थररर भएका थिए ।
    स्रोतका अनुसार मधेसी मोर्चा, कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूको पछिल्लो बैठक (दुईसाता अगाडि) बालुवाटारमा बसेका बेला भैरहवामा एमालेका नेतामाथि गोली प्रहार भएको विषय श्रेष्ठले उठाएपछि यादवको खप्की खानु परेको हो ।
    ‘मधेसी मोर्चाले नौ महिनासम्म चलाएको आन्दोलन र ४५ जना मधेसीको ज्यान जाँदा तपाइँले देख्नु भएन ?’, अध्यक्ष यादवलाई उदृत गर्दै स्रोतले भन्यो, ‘एमालेका एकजनालाई गोली लाग्दा तपाईको मन खायो ?’
    एमालेको बचाउ गर्ने हो भने उतै जानुस् होइन भने सरकार गठनका बेला भएको ३ बुँदे सहमति पूरा गर्नुस् भन्दै यादव बम्किएका थिए । यादव र श्रेष्ठबीच चर्काचर्की भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तक्षेप गरेर स्थितिलाई सामान्यकरण गराइका थिए ।
    बैठकको सुवातमै माओवादी केनद्रका नेता श्रेष्ठले एमालेको पक्षमा हुने गरी धारणा राखेको मधेसी मोर्चाका नेताहरूलाई मन परेको थिएन ।
    तर कसैले त्यसको प्रतिवाद गर्न सकेका थिएनन् । श्रेष्ठका कुरा सुनेर आगो भएका अध्यक्ष यादवले आक्रोशित हुँदै प्रतिबाद गर्न थालेपछि कांग्रेस सभापति शेरबहादुर देउवा पनि मधेसी मोर्चाको पक्षमा उभिएको स्रोतको भनाइ छ ।
    दैनिक नेपाल

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र