काठमाडौं, २० असार । नेकपा माओवादी केन्द्रका एक जिल्लास्तरीय नेता भतिजी बलात्कारको अभियोगमा पक्राउ परेका छन् । आकाभ्रे धुसेनी शिवालय गाविसका माओवादी नेता मोतीलाल गौतम आफ्नै भतिजीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
केही दिनअघि भतिजी बलात्कार गरेर राजधानी छिरेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरी कारबाही अगाडि बढाएको छ । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ ।
No comments:
Post a Comment