काठमाडौं–केएमजी अन्तर्गत संचालित कान्तिपुर टेलिभिजनमा सन्तुलनकारी नेतृत्वको अभावले गर्दा यसको समाचारको गुणस्तर गिर्दै गएको चर्चा दर्शकहरुले गर्न थालेका छन् ।
नेतृत्वको काखापाखाको व्यवहारले पत्रकारहरुमा बढ्दै गएको असन्तुष्टिका कारण
विषयवस्तुका साथै समाचारको गुणस्तरमा आएको गिरावटले गर्दा कान्तिपुर टिभीले हिजोको शीर्षस्थान गुमाउँदै गएको गुनासो सुनिन थालेको छ ।
एक दशक सो टिभीको नेतृत्व गरेका तीर्थ कोइरालाले छोडेर दीलभूषण पाठकले कान्तिपुर टिभीको नेतृत्व सम्हालेपछि सुरु भएको भद्रगोल साम्य हुनेभन्दा पनि दिनप्रतिदिन बढ्दै गएकोमा त्यहाँ कार्यरत पत्रकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
केही समय अगाडि कान्तिपुर छाडेर एपी–वान टिभीको समाचार प्रमुखमा विजय पौडेल गएपछि माउन्टेल छाडेर बसेका चिरन पौडेल एपी–वान टिभी जाने निश्चित जस्तै थियो ।
तर, चिरन त्यता जाँदै छन् भन्ने सुनेपछि कान्तिपुर टिभीमा खोलिएका भ्याकेन्सी अन्र्तगत उनलाई छनौट गरियो र एपी–वान जानबाट रोकियो । तर, अहिले उनलाई न्यूज पड्न देलान् कि भन्ने दिनमै शहिद बनाएको चर्चा कान्तिपुरमा सुरु भएको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
No comments:
Post a Comment