• Breaking News

    7.11.2016

    बलिउड सेलेब्रेटी अनिअनौठा ठिमान्ड,सोनक्षीसंग स्क्रिनमा ‘नो किस’

    बलिउड आफैमा निकै ठुलो इन्डस्ट्री हो। बलिउडमा स्थापित हुन नवकलाकार जेसुकै गर्न पनि तयार हुन्छ न्। त्यहि भिडमा केही स्थापित कलाकार भने अनौठो ठिमान्ड राख्ने गर्छन।आफ्नो प्रतिष्ठा दाउमा राखेरै पनि बलिउडका केही स्थापित कलाकारले गर्ने अनौठा ठिमान्ड यहाँ चर्चा गरिएको छ।

    करिना कपुर खान केवल ‘ए लिस्टर’ कलाकार संग मात्र काम गर्छिन्

    कलाकारकै परिवारमा जन्मेकी करिना स्थापित कलाकारसंग मात्र काम गर्न रुचाउँछिन्। ‘बि ग्रेड’ कलाकारसंग काम गर्नुपर्दा उनले कयौं पटक थुप्रै फिल्म रिजेक्ट समेत गरेकी छिन्।

    अक्षय कुमार आइतबार काम गर्दैनन्
    बलिउडका उत्कृष्ट कलाकारमा गनिने अक्षय कुमार आफ्नो शरिर मेन्टेन गर्न पर्फेक्ट डाइट फलो गर्ने कलाकारमा पर्छन्। निकै चुस्त लाइफस्टाइल पछ्याउने अक्षयको सुटिङलाई लिएर आफ्नै डिमान्ड छन्। समयको निकै ख्याल गर्ने अक्षय आइतबार काम गर्न मान्दैनन्।



    जता जाँदा पनि ऋतिकसंग आफ्नै सेफ
    आफ्नो सुगठित शरिरले चर्चित ऋतिक रोशन जता गएपनि उनकै सेफसंगै जान्छन्। फिल्मको सुटिङ होस् या पारिवारिक भेटघाट, ऋतिक आफ्नै कुकको खाना मात्र खान्छन्।

    सोनक्षीसंग स्क्रिनमा ‘नो किस’

    बलिउडमा फिल्मको लागि अधिकांसले किसिङ सिन दिन हिच्किचाउदैनन्। त्यहि भिडमा सोनाक्षीको फिल्मको लागि डिमान्ड भने फरक छ। फिल्म साइन गर्दा नै ‘नो किस’ बुदाँ बनाइ साइने गर्ने सोनाक्षी फिल्मको लागि किसिङ सिन दिन मान्दिनन्। सोनाक्षीले अब कुन फिल्मको लागि कहिले किस सिनको लागि तयार होलिन्?

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र