• Breaking News

    7.11.2016

    प्रियंका चोपडाको डुप्लिकेट देखेर सबै दङ्ग !

    यो तस्बिर हेरेर तपाईंले यही सोचिरहनु भएको होला कि उनी बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा हुन् । तर एकपटक ध्यानपूर्वक हेर्नुहोस् त, यी तस्बिरहरुमा नायिका प्रियंका चोपडा नभई अरु कोही नै छ ।

    प्रियंका चोपडा जस्तो देखिने यी महिलाको नाम नवप्रित बंगा हो जो एक फिटनेस ब्लगर हुन् ।

    नवप्रितको अनुहार ठ्याक्कै अभिनेत्री प्रियंका चोपडासँग मिल्दोजुल्दो छ ।
    नवप्रित धेरैजसो सोसल मिडियामा आफ्नो तस्बिर सेयर गर्छिन् । यहाँ दिइएका यी तस्बिरहरु पनि उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेकी छिन् ।

    नवप्रितले आफ्नो हेयरस्टाइलदेखि ड्रेसिङ स्टाइल सबै प्रियंका चोपडाको जस्तो बनाएकी छिन् ।

    उनका थुप्रै तस्बिरहरु त यस्ता पनि छन् कि प्रियंका चोपडा आफैं पनि सायद उनको तस्बिर हेरेर दङ्ग पर्छिन् ।

    नवप्रितको चालढाल सबै प्रियंका चोपडाको जस्तै देखिन्छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र