• Breaking News

    7.11.2016

    यी व्यक्तिको एक ट्वीटले सामसङलाई ६२ अर्ब घाटा, थाहा पाउनुस् कसरी

    साथीहरुसँग सम्बन्ध स्थापित गरिरहनका लागि हामी सोसल नेटवर्किङ साइट फेसबुक तथा ट्वीटर चलाउँछौं । फेसबुकमा फोटो अपलोड गछौैं, स्टेटस लेख्छौं, कमेन्ट गर्छौैं र ट्विीटरमा ट्वीट गर्छौं । कोही ट्वीट पेचिला हुन्छन्, कोही रमाइला त कोही निकै सिरियस तर के तपाईंले अनुमान गर्नुभएको छ । कुनै ट्वीट निकै घाटा लगाउने किसिमका पनि हुन्छन् । सुन्दा अचम्म लागेको होला तर वास्तवमा यस्तै भएको छ । एक व्यक्तिको ट्वीटले सामसङ कम्पनीलाई ५८ करोड डलर लगभग ६२ अर्ब नेपाली रुपैयाँको घाटा भएको छ । टेस्ला मोटर्सका सिइओ एलन मस्कको ट्वीटले यत्तिको घाटा भएको हो ।

    घटना वास्तवमा यो होः
    यो घटना टेस्ला मोटर्सको इलेक्ट्रिक कार ‘मोडल–३’ का लागि ब्याट्रि सप्लाई गर्ने विषयमा आधारित छ । सामसङसँग जोडिएको कम्पनी सामसङ एसडीआइले टेस्लाको आउन लागेको इलेक्ट्रिक कार मोडल–३ मा ब्याट्रि सप्लाईका लागि टेस्लासँग मिलेर काम गरिरहेको भन्ने अनुमान धेरै पहिलेदेखि गरिदैँ आएको थियो । यसैबिच, टेस्लाका सिइओ एलन मस्कले ट्वीट गरे, ‘म यो स्पष्ट गर्न चाहन्छु कि मोडल–३ को ब्याट्रिका लागि टेस्ला आफ्नो धेरै पहिलेदेखिको पार्टनर प्यानासोनिक सँग काम गरिरहेको छ ।’

    यस्तो अनुमान गरिँदै थियो कि यदि प्यानासोनिकले मोडल–३ का लागि ब्याट्रि डिमान्ड ह्यान्डल गर्न सक्दैन भने सम्भवतः सामसङको एसडीआई डिभिजनले यसका लागि काम गर्नेछ ।
    स्मरण रहोस्, टेस्ला मोटर्सले आफ्ना कर्मचारीलाई प्रतिघण्टा करिब ५५ डलर दिने गरेको छ ।

    एउटा ट्वीटको यति ठूलो असरः
    एलन मस्कको ट्वीटले सामसङ एसडीआइको स्टक्स ८ प्रतिशतसम्म टुटेको छ । यसले कम्पनीको मार्केट क्यापिटलाइजेशनमा करिब ५८ करोड डलरको नोक्सानी भएको छ । जबकी प्यानासोनिकलाई यही क्रममा करिब ८० करोड डलरको फाइदा भएको छ ।

    टेस्लाको मोडल–३ का लागि ३ लाखभन्दा बढि अर्डर आएको छः
    टेस्ला मोटर्सलाई आफ्नो अपकमिङ इलेक्ट्रिक कारको लागि ३.७३ लाखभन्दा बढि अर्डर आइसकेको छ । मोडलको सुरुवाती मूल्य ३५ हजार डलर बताइएको छ । यो उसको लग्जरी मोडल एस लिफ्टब्याक सेडानभन्दा आधा मूल्य हो । यो कार सन् २०१७ को अन्त्यसम्म बन्ने अनुमान गरिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र