• Breaking News

    7.11.2016

    लादेनका छोराले भने – ‘अमेरिकासँग बदला लिएर छोड्छु’

    ओसामा बिन लादेनका छोरा हमजाले अमेरिकासँग आफ्नो पिताको हत्याको बदला लिने बताएका छन् । उनले अमेरिकालाई धम्की दिदै भनेका छन्,‘म मेरो बुबाको हत्यारासँग बदला लिएरै छोड्नेछु ।’फेसबुकमा एक अडियो टेप सार्वजनिक गर्दै उनले अमेरिका र अमेरिकालाई सघाउने राष्ट्रहरुमाथि आक्रमण गर्ने धम्की दिएका छन् ।


    उनले अलकायदालाई पुन बलियो तथा संगठित बनाउने समेत बताएका छन् । साइट इंटेलिजेन्स गु्रपले दिएको जानकारी अनुसार हमजा बिन लादेनको २१ मिनेट अडियो टेपलाई ‘वि आर अल ओसामा’ काृ टाइटल दिइएको छ । अडियोमा हमजाले भनेका छन्,‘हामी अमेरिकामाथि आक्रमण जारी राख्नेछौ ।

    भलै हामी तिमीहरुको देशबाट बाहिर छौ तर तिमीहरु हाम्रो निशानामा रहेका छौ । अब हुने आक्रमण फलिस्तान, अफगानिस्तान, सिरिया, इराक, यमन, सोमालिया जस्ता देशहरुमा गरेको आक्रमणको जबाफ हुनेछ ।’इस्लाम धर्म रक्षाका लागि जोजसले ज्यान गुमाएका छन् उनीहरु सबैको बदला लिने हमाजले बताएका छन् । नेपालीपत्रबाट

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र