असार १७ गते-
पोखराको महेन्द्रपुलमा तीनजना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुईजना घाईते भएका छन् ।
गएराती महेन्द्रपुलस्थित फिस्टेल कलरल्याबको सटरमा ग ७ प ५९३७ नम्बरको मोटरसाईकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने स्याङ्गजा थुमाकोडाँडाका बाचस्पती खनालको ज्यान गएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक स्याङजाका ज्ञानबहादुर राना र पछाडि बस्ने बिचारीचौताराका सुरज पौडेल घाईते भएका हुन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरिएको छ भने अवस्था सामान्य रहेको छ ।
महेन्द्रपुल चोकबाट मोटरसाइकल मोड्नुपर्ने भएपनि चालकले नमोडि सिधै सटरमा लगेर ठोकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भिर घाईते भएका खनाललाई तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएपनि उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।
उनको उपचारकै क्रममा राती १ बजे निधन भएको हो । प्रहरीले मोटरसाईकल चालक ज्ञानबहादुर रानालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
No comments:
Post a Comment